काठमाडौं- २०१८ फिफा विश्वकपको समूह 'सी' को खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले पराजित गरेको छ।
एन्टोनी ग्रिजम्यानले ५८ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाए। भिडियो एसिस्टेन्ड रेफ्री (भिएआर) को सहयताबाट फ्रान्सलाई पेनाल्टीको अवसर दिएको थियो। यो गोल विश्वकपमा भिएआर भएको पहिलो गोल बन्यो।
६२ मिनेटमा अस्ट्रेलियाले बराबरी गोल फर्कायो। अस्ट्रेलियाका लागि जेडिनाकले पेनाल्टीमा गोल गरेका थिए। फ्रान्सका स्यामुयल उम्टिटीले डिबक्समा ह्यान्ड गरेपछि अस्ट्रेलियाले पेनाल्टी पाएको थियो।

८१ मिनेटमा फ्रान्सले खेलमा दोस्रो पटक लियो। पाउल पोग्बाले फ्रान्सका लागि दोस्रो गोल गरेका थिए।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।