• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

गगन थापा भन्छन्– फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई हराओस्

64x64
नेपाल लाइभ शनिबार, असार २, २०७५  ०७:१२
1140x725

प्रत्येक पटक विश्वकप प्रतियोगिता सुरु हुँदा तपाईं कुन देशको समर्थक, कुन देशको प्रशंसक, कुन देशले विश्वकप जितिदिए हुन्थ्यो भन्ने प्रश्न सोधिने गर्छ। फुटबल खेलबारे थाहा पाएदेखि नै मेरो एउटै उत्तर हुने गरेको छ– ब्राजिल।

पहिलेपहिले यस्ता कुराले मलाई बढी रोमाञ्चित गर्थ्यो। अहिले पनि नगर्ने त होइन, तर अहिले जिम्मेवारीमा रहँदै गर्दा अर्को प्रश्न पनि सँगसँगै उठ्ने गरेको छ। कहिलेकाहीँ नरमाइलो पनि लाग्छ। फुटबल प्रतियोगितामा नेपालको उपस्थितिको कल्पनाले मलाई त्यस्तो लाग्ने गर्छ। विश्वकपमै तत्काल नसके पनि अन्य ठूला प्रतियोगिताहरुमा नेपालकै समर्थन गर्न पाउने अवस्था कहिले आउला भन्ने सधैं लागिरहन्छ। विशेषगरी यस्ता प्रतियोगिताहरु सुरु हुँदै गर्दा यस्तो कुराले नरमाइलो महसुस गराउँछ। हामी जिम्मेवार तहमा बसेकालाई यो कुराले लज्जाबोध गराउनुपर्छ भन्ने लाग्छ। यो मेरो मनको भावना मात्रै हो।

विश्वकप प्रतियोगितामा थोरै देशमात्रै पुग्ने हुन्। धेरै राष्ट्रका मानिसहरुले त्यसलाई आफू अनुसार समर्थन गर्ने हो।

मैले थाहा पाएदेखि नै म ब्राजिलको ठूलो समर्थक रहँदै आएको हुँ। तर म त्यतिकै ब्राजिलको समर्थक भएकोचाहिँ होइन। म काठमाडौंको रातो पुलमा हुर्केको हुँ। म हुर्किँदा काठमाडौं ठूलो मैदानहरु भएको ठाउँ थियो। म बस्ने ठाउँ सानो गौचरनको नजिकै भएको र प्रशस्तै खेल मैदानहरु पनि भएको ठाउँ भएकाले यहाँ फुटबलको निकै प्रभाव थियो। जताततै फुटबल क्लबहरु थिए।

हामीहरु पनि फुटबल खेल्दै हुर्कियौं। प्रत्येक दिन स्कुलबाट फर्केपछि हामी कम्तीमा एउटा म्याच त खेल्थ्यौं नै। क्लबहरुका बीचमा पनि म्याच खेलिरहन्थ्यौं। हामीहरुमध्ये धेरै जना राम्रो फुटबल खेलाडी बन्ने सपनाले नै हुर्किएका थियौं।

नेपालमा पहिलोपटक सन् १९८६ को विश्वकप फुटबल हेर्ने अवस्था बन्यो। यद्यपि, त्यतिबेला हाम्रो घरमा टिभी थिएन। नातागोतार अन्य सम्भव भएका ठाउँमा गएर फुटबल हेरिन्थ्यो। मैलेचाहिँ कालिमाटीमा काकाको घरबेटीका गएर फुटबल हेरेको याद छ। त्यतिबेला क्वार्टर फाइनलमै ब्राजिल हारिसकेको थियो। अर्जेटिना र जर्मनी फाइनलमा पुगेका थिए। र, अर्जेन्टिनाले त्यो विश्वकप जितेको थियो। त्यतिबेला नेपालमा अर्जेन्टिना र म्याराडोनाको असाध्यै धेरै क्रेज थियो।

त्यतिबेला मलाई कहाँ र कसरी भन्ने त ट्याक्कै याद छैन। तर ब्राजिलको फुटबलसँग सम्बन्धित डकुमेन्ट्री आएको थियो। त्यसमा पेलेको बारेमा प्रशस्तै जानकारी थियो। उनले फुटबलमा देखाएको जादुको बारेमा चर्चा गरिएको थियो। हुर्कंदै गरेको हामीलाई त्यसले ठूलो प्रभाव पार्योक। त्यसपछि हामी केटाकेटीकै बीचमा पनि पेले महान कि म्याराडोना महान् भन्ने बहस र तर्क वितर्क हुने गर्थ्यो। 

यसको प्रभाव हाम्रै घरभित्र पनि परेको थियो। हामी चार जना दाजुभाइमध्ये दुई जना ब्राजिल र दुईजना अर्जेन्टिनाका समर्थक थियौं। एक किसिमको गुटबन्दी नै हुन्थ्यो त्यतिबेला।

Ncell 2
Ncell 2
nimb
nimb

सन् १९९० को विश्वकपमा ब्राजिल अगाडि नै बाहिरियो। फाइनलमा अर्जन्टिना र जर्मनी पुगे। त्यतिबेला हामी दाजुभाइकै बीचमा पनि निकै तिक्तता बढेको अहिले पनि म सम्झन्छु।
त्यतिबेला म उपलब्ध भएसम्मका सबै पत्रपत्रिका पढ्थेँ। सम्भव भएसम्म अपडेट पनि रहन्थेँ। म डायरीमा प्रत्येक खेलाडीको बारेमा लेखेर राख्थेँ। फुटबल सकिएपछि मेरो आफ्नै समीक्षा लेखेर पनि राख्थेँ। त्यो मसँग अहिले पनि छ।

सन् १९९४ मा आइपुग्दा ब्राजिलको राम्रो टिम बन्यो। डुंगा, रोमारिया लगायतको टिम निकै बलियो थियो। त्यो विश्वकप ब्राजिलले नै जित्यो। त्यो विश्वकप भनेको हामीले पनि असाध्यै धेरै फुटबल खेलिरहेको बेला हो। असाध्यै उत्साह थियो। जर्सी लगाउने, झन्डा राख्ने गर्थ्यौं। झै–झगडा पनि हुन्थे।

सन् १९९८ मा म त्रिचन्द्र कलेज पढ्दै थिएँ। फाइनलमा ब्राजिल फ्रान्ससँग हारिसकेपछि असाध्यै धेरै नरमाइलो लागेको थियो। भोलिपल्ट बिएस्सीको म्याथम्याटिक्सको जाँच थियो। त्यो खेलले परीक्षा प्रभावित भयो।

सन् २००२ मा आइसकेपछि फेरि ब्राजिलले जित्यो। तर त्यसपछि ब्राजिलले प्रदर्शन राम्रो हुँदाहुँदै पनि धेरै माथि जान सकेन।

Xtrem

Xtrem

सबैभन्दा नरमाइलो चाहिँ अघिल्लो विश्वकपमा जर्मनीसँग ७–१ ले पराजित हुँदा लागेको थियो।

विश्वकप फुटबलमा सुरु भएसँगै अन्य सबै कुराको प्राथमिकता हराउँदै फुटबल नै केन्द्रमा रहने गर्छ।

सुरुसुरुमा धेरै प्रभावित हुदिनँ। तर विस्तारै अघि बढ्दै जाँदा आफैं खेलेको जस्तो, आफैंले जितेको जस्तो, आफैंले हारेको जस्तो 'इमोसनल' भइँदै गइन्छ। खासमा त्यस्तो नहुनुपर्ने हो जस्तो लाग्छ। किनकि, कहाँकहाँका देश खेलिरहेका छन्, त्यसलाई आनन्दपूर्वक हेरेर मनोरञ्जन लिनुपर्ने हो जस्तो लाग्छ। तर मनोरञ्जनभन्दा पनि 'इमोसन' जोडिएर आउँदो रहेछ।

यसपटक पनि ब्राजिलको सशक्त टिम छ। अघिल्लो पटक आफ्नै भूमिमा भएको खेलमा लज्जास्पद रुपमा हारेको थियो। अहिले त्यसको क्षतिपूर्ति लिने समय आएको छ जस्तो लाग्छ।

जे होस्, यसपटकको खेल रमाइलोसँग हेर्ने हो। खेल सुरु हुँदै गर्दा उमेरका कारण पनि पहिलेजस्तै गरी इमोसनल नभइएला कि जस्तो पनि लाग्छ। तर खेल सुरु हुँदै गर्दा उमेर लगायत अन्य कुराको अर्थ नरहने रहेछ।

विश्वकप फुटबल सुरु हुँदै गर्दा नयाँ गुटबन्दी सुरु हुन्छ। यसअघि 8मा पार्टी र विचारको गुटबन्दी हुने गर्थ्यो। तर ती सबै स्थगित भएर फुटबल टिमलाई केन्द्रमा राखेर नयाँ गुटबन्दी सुरु हुन्छ। ब्राजिल गुट, अर्जेन्टिना गुट जस्ता गुटहरु सुरु हुन्छन्। कोही कांग्रेस समर्थकलाई ब्राजिलको गुटमा भएको खुंखार कम्युनिस्ट पनि अर्जेन्टिनाको गुटमा भएको असल कांग्रेस साथीभन्दा नजिकको लाग्ने अवस्था बन्छ। यस्तो खाले गुटबन्दीचाहिँ नेपालले नै यस्ता प्रतियोगितामा भाग लिएपछि मात्रै अन्त्य हुन्छ। नेपालले भाग लिने कुरा कल्पना मात्रै गर्ने भन्दा पनि एउटा संकल्प बनाएर अघि बढ्नुपर्छ।

यो विश्वकपमा ब्राजिलको तर्फबाट मैले बढी ख्याल गर्ने खेलाडी नेइमार नै हुन्। उनको खेल्ने शैली निकै राम्रो छ। तर खेल भनेको टिमकै परिश्रम हुने भएकाले सबै खेलाडीमा भरोसा छ। त्यसमा पनि अहिले ब्राजिलका सबैजसो खेलाडी राम्रा छन्। यसले पनि ब्राजिललाई बलियो टोलीको रुपमा देख्ने र उपाधिको दाबेदार ठान्नेहरु छन्।

फाइनलमा ब्राजिल र अर्जेन्टिनाको भेट होस् भन्ने मेरो चाहना छ। त्यसो भयो भने त्यो खेल क्वालिटीको हुन्छ। मलाई मेसीको खेल हेर्ने पनि रहर छ।

सन् २००२ को विश्वकप जितेको क्षण मलाई निकै ताजा छ। रोनाल्डोको गोल, कपाल तथा त्यो खेलको एउटाएउटा क्षण याद छ। तर त्यसपछिको विश्वकप सम्झनालायक भएको छैन। अर्जेन्टिनालाई हराएर यो विश्वकप ब्राजिलले जित्यो भने मजा आउने थियो। कारण, ब्राजिलले विश्वकप जितेको मजा लिन नपाएको धेरै भइसकेको छ।

(कांग्रेस नेता थाापासँग किशोर दहालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, असार २, २०७५  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्