समूह डी
क्रोएसिया भर्सेस नाइजेरिया
समय – असार २ गते राति १२:४५ बजे
२०१८ फिफा विश्वकपको समूह 'डी'मा परेको क्रोएसिया सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। गत विश्वकपमा नाइजेरियाको यात्रा पनि अन्तिम १६ बाट अघि बढ्न सकेन। त्यसलै रसियामा दुवै टिम पहिलो खेलमा राम्रो नजिता निकालेर सुखद सुरुवात गर्ने अभियानमा छन्।
क्रोएसिया र नाइजेरिया समान स्तरका टिम हुन्। त्यसलै दुवै टिमको लक्ष्य जित नै हुनेछ। त्यसलै खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।
क्रोएसिया र नाइजेरियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। त्यसो त क्रोएसियाले अहिलेसम्म एउटा मात्र अफ्रिकन टिमसँग प्रतिस्पर्धा गरेको छ। गत संस्करणको विश्वकपमा क्रोएसियाले क्यामरुनलाई ४ गोल गरेको थियो। यता नाइजेरियाले पनि विश्वकपमा युरोपियन टिम विरुद्ध ६ खेल खेल्दा एक जित हात पारेको छ।
शनिबार नाइजेरियाका स्ट्राइकर ओडिओन इग्हाल्गोको जन्मदिन परेको छ। यदि उनी मैदान उत्रिएमा २९ वर्षमा विश्वकपको खेलमा डेब्यू गर्नेछन्।
सम्भावित टिम
क्रोएसिया
डानिजेल सुबासिक, सिमे भरसलजको, डोमागोज भिडा, डेजान रोभार्जेन, इभान स्ट्रिनिक, लुका मोड्रिक, इभान राकिटिक, इभान पेरिसीक, आन्द्रेज क्रामारिक, एन्टे रेबिक, मारियो मान्जुकिक
नाइजेरिया
फ्रान्सिस उजोहो, ब्रिएन इडोउ, शेहु अब्दुलाही, केनेथ ओमेरुओ, विलियम ट्रोन्स इकोङ्, विलफ्रेड एनडिडी, ओघेनेकारो इटेबो, भिक्टर मोइसेस, एलेक्स इओवी, जोन ओबी मिकेल, ओडिओन इग्हाल्गो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।