समूह 'सी'
पेरु भर्सेस डेनमार्क
समय – असार २, राति ९:४५ बजे
२०१८ फिफा विश्वकपको समूह 'सी' को दोस्रो खेलमा डेनमार्क र पेरुबीच प्रतिस्पर्धा हुँदैछ। सन् १९८२ पछि पहिलो पटक विश्वकप खेल्न लागेको पेरु र सन् २०१० पछि विश्वकपमा फर्किएको डेनमार्क दुवै टिम विश्वकपमा सुखद पुनरागमन गर्न चाहान्छन्।
दुवै टिम पहिलो खेलमा ३ अंक बटुल्दै समूह चरण पार गर्ने अभियानमा छन्। किनकी समूहको अर्को टिम फ्रान्ससँग खेल्नु दुवै टिमका लागि सहज हुनेछैन।
पेरुले विश्वकप छनोटमा उत्कृष्ट खेल्दै रसियाको टिकट काटेको थियो। छनोटको पछिल्ला ६ खेलमा अपराजित रहदै विश्वकपमा छनोट भएको पेरुको टिममा पाओलो गुइरेरो, जेफर्सन फार्फन र इडिन्सन फ्लोरेस जस्ता प्रतिभाशाली खेलाडी छन्।
डेनमार्क एकै स्तरको प्रदर्शन गर्ने टिम हो। छनोट प्रतियोगितामा डेनमार्कले २२ गोल गरेका थियो। जसमा उसले पछिल्ला १० मध्ये ९ गोल क्रसमार्फत गरेको थियो।
पेरुको नयाँ पुस्ताको टिम ३६ वर्षपछि विश्वकपमा फर्कदा सवैको ध्यान खिच्ने योजनामा छ। पछिल्ला १५ खेलमा अपराजित उसको वास्तविक परीक्षा डेनमार्क विरुद्धको खेलमा हुने छ।
डेनमार्कलाई खेलाडीको उचाइबाट फाइदा लिन सक्छ। डेनिस टिममा ६ फिट अग्ला मिडफिल्डर छन्। पेरुमा भने होचा खेलाडी बढी छन्।
दुवै टिम प्लेअफमार्फत विश्वकपमा छनोट भएका हुन्। दुवै टिमका लागि रसिया विश्वकप पाँचौ प्रतियोगिता हो। पेरु दुई पटक क्वार्टरफाइनलमा पुग्दा डेनमार्क एक पटक अन्तिम ८ मा पुगेको छ।
सम्भावित टिम
पेरु
पेड्रो गालिसे, लुइस अडभिन्चुला, अल्बार्टो रोद्रिगेज, क्रिस्टियन रामोस, मिगुइल ट्राउको, रेनाटो टपाइ, होशिमार योटोन, इडिन्स फ्लोरेस, क्रिस्टियन कुएभा, जेफर्सन फर्माफन, पाउलो गुइरेरो
डेनमार्क
कास्पर स्मेचेल, जेन्स स्टरेगर लार्सेन, आन्द्रेस क्रस्टिनसेन, सिमोन क्जाइर, हेनरिक डलागार्ड, विलियम केभिस्ट, टोमस डेलाने, क्रिस्टियन इरिक्से,न पिओनी सिस्टो, निकोलाइ जोर्गेसन, युरारी पाउलसेन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।