काठमाडौं– २०१८ फिफा विश्वकप प्रतियोगिताको समूह 'ए' को खेलमा उरुग्वेले रोमाञ्चक जित हात पारेको छ। उरुग्वेले इजिप्टमाथि १–० को जित हात पारेको हो।
उरुग्वेको जितमा जोस जिमिनेजले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए। उनले कार्लोस सान्चेजको फ्रिकिकमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए।

लगत्तै इडिन्सन काभानीको प्रहारलाई इजिप्टका गोलकिपर शेनवारीले उत्कृष्ट बचाउ गरेका थिए। यस्तै खेलको अन्त्यतिर इजिप्टका इमरानको प्रहार पनि सफल हुन सकेन।
८७ मिनेटमा काभानीको प्रहार पोलमा लागेको थियो।
खेलमा इजिप्टका फरवार्ड मोहमद सलाह मैदान उत्रिएनन्।
जितसँगै उरुग्वेले महत्वपूर्ण ३ अंक जोडेको छ। यसअघि समूह एकै खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५–० गोलले हराएको थियो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।