• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के कोभिडको पूर्ण खोप लगाएका मानिसहरूको कोभिडबाट मृत्यु हुन्छ?

इन्जिना पन्थी/ साउथ एसिया चेक मंगलबार, कात्तिक ९, २०७८  ०९:४०
1140x725

अमेरिकाका पूर्व विदेशमन्त्री कलिन पावेलको गत कात्तिक १ गते कोभिड-१९ सम्बन्धित स्वास्थ्य जटिलताको कारण मृत्यु भएपछि कोभिड विरुद्धको खोपको प्रभावकारितामाथि चलिरहेको बहस फेरि चुलिएको छ।

पावेलले कोभिडको पूर्ण मात्रा खोप लगाएका थिए। नेपाली सामाजिक सञ्जालमा पनि दुई डोज अथवा पूर्ण खोप लगाएपछि मृत्यु भएको विवरण आइरहेको छ।

मानवी पौडेलले ट्विट गरेकी छन्, “एकदमै महत्वपूर्ण जानकारी: यो हप्ता मात्रै पूर्ण खोप अर्थात दुवै डोज खोप लगाएका ४ जना एकदमै नजिकका आफन्तहरु गुमाउन पुगेँ। कृपया कोभिडलाई सामान्य रुपमा नलिनोस्।”

सोही ट्विटलाई उद्धृत गर्दै सन्तोष घिमिरेले ‘कृपया खोपलाई सामान्य नलिउँ’ भनेका छन्। उक्त ट्विटमा प्रतिक्रिया जनाउँदै रोशन महर्जनले विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जन (उनले कोभिडको पूर्ण खोप लगाएका थिए) उक्त रोगकै कारण मृत्यु भएको उल्लेख गरेका छन्।

कोभिड-१९ खोपका साइड इफेक्ट के के हुन् ?

कोभिड खोप लगाएपछि आमरुपमा केही सामान्य असर देखिन्छन् केही घातक असर समेत हुन सक्छन्। कोभिड-१९ खोप लगाएका मनिसहरुमा अन्य खोप लगाउँदा हुने सामान्य असरहरु जस्तै खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुन्छ ।  यसबाहेक वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने जस्ता असर पनि देखिन्छन्।

नेपालीले लगाएको जोन्सन एण्ड जोन्सन खोप र एस्ट्राजेनेका खोप लगाउने व्यक्तिमा पनि कतिपय घातक असरहरु देखिएका विवरण सार्वजनिक भएका छन्।

अमेरिकाको औषधि सम्बन्धी नियमनकारी निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सन खोपले स्नायु प्रणाली सम्बन्धी एक दुर्लभ रोग ‘गिलान-बारे’ को जोखिम हुनसक्ने चेतावनी दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै एस्ट्राजेनेका वा कोभिसिल्डले भ्याक्सिन इन्ड्युस्ड थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया भएको पाइएको वैज्ञानिक निष्कर्षहरू सार्वजनिक गरिएका छन्।

भ्याक्सिन इन्ड्युस्ड थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया (भीआइटिटी) के हो?

निजामती कर्मचारी अस्पतालमा कार्यरत रक्त क्यान्सर विशेषज्ञ डा. विशेष शर्मा पौड्यालका अनुसार खोप लगाएको ४ दिनपछि सो लक्षण देखिने सम्भावना रहन्छ।

रगत जम्ने र प्लेट्लेट्स कम हुने अवस्थालाई भ्याक्सिन इन्ड्युस्ड थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया (भीआइटिटी) भन्ने गरिन्छ। यस अवस्थामा धेरैजसो बिरामीको टाउको, पेट वा खुट्टाको नशामा रगत जम्ने हुन्छ। “त्यसको सँगसँगै प्लेटलेट्स बिस्तारै कम हुँदै जाने गर्छ। कोही मान्छेलाई खोप लगाएको ४/५ दिनमा बान्ता आउने, टाउको दुख्ने, छारे रोग जस्तो हुने, खुट्टाहरू सुनिने पेट दुख्ने  अथवा दिशा गर्दा रगत बग्ने यसको लक्षण हो,” डा पौड्यालले साउथ एसिया चेकलाई बताए ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा आफूले त्यस्तै एक बिरामीमा खुट्टा सुनिएको देखेको डा पौड्यालले बताए।

“टाउकोको नशामा रगत जम्यो खतरा हुन्छ। बेलैमा पत्ता लागेन भने उपचार गर्न जटिल हुन्छ। उपचार नभएमा ज्यान पनि जान सक्छ,” उनले भने।

२०७८ बैशाख २८ गते प्रकाशित विभिन्न देशका तथ्याङ्कहरू समीक्षा गर्दै प्रस्तुत गरिएको एउटा वैज्ञानिक निष्कर्षमा खोप लगाएको ४ देखि २८ दिनसम्म यस्तो लक्षण देखिएको उल्लेख छ। बढीमा प्रत्येक २६,५०० मा एकजनामा र कम्तिमा प्रत्येक १,२७,३०० मध्ये एकजनामा त्यस्तो असर देखिएको उक्त वैज्ञानिक समीक्षामा जनाइएको ।

नेपालमा त्यस्ता लक्षण कम देखिएको हुनसक्ने डा. पौड्याल ठान्छन्।

“यसको लक्षण देखिएपछि लुकाउन मिल्दैन, अस्पताल आउनै पर्छ। हामीले खोप लगाएपछि ज्वरो आएको र शरीर दुखेको सुनिरहेका छौँ। त्यसैले त्यस्तो घटना भएको भए थाहा हुन्थ्यो।”

तर यी खोप प्रयोग गर्न अनुमति दिने नियामक निकाय तथा उत्पादकहरूले त्यसले पुर्‍याउने फाइदाको तुलनामा जोखिम नगण्य रहेको बताउँछन्।

डा पौड्याल समेत त्यसमा सहमत छन्।

के हो गिल्यान-बारे?

गिल्यान-बारे सिन्ड्रोम (जिबिएस) मानिसको स्नायु प्रणालीमा देखिने दुर्लभ समस्या  हो।

शरीरको प्रतिरक्षात्मक प्रणालीले स्नायु प्रणालीलाई आक्रमण गर्दा यसले शारीरिक कमजोर हुने, दुख्ने र सुन्निनुका साथै पक्षाघातसम्म हुनसक्छ।

खोप लगाएको ४२ दिनभित्र जीबीएसको लक्षण देखिने विज्ञहरुले बताएका छन्। जोन्सन एन्ड जोन्सन खोप लगाएको व्यक्तिमा जीबीएस देखिएपनि त्यस्ता घटना निकै न्यून रहेको बताइन्छ छ। अमेरिकाको औषधिसम्बन्धी नियमनकारी निकाय एफडिएले गत अषाढ २९ गते प्रकाशित रिपोर्ट अनुसार १ करोड २५ लाख खोप लगाउँदा १०० जनामा जीबीएस देखिएको थियो। तीमध्ये ९५ जनाको अवस्था गम्भीर भएर अस्पताल भर्ना गर्नुपरेको थियो भने तीमध्ये एकजनाको मृत्यु भएको थियो। 

एफडीएले उक्त विवरणमा अमेरिकामा बर्षेनि ३०००-६००० मानिसमा जीबीएस पाइने जनाएको छ। इन्फ्लूएन्जाबाट बच्न लगाइने खोपहरूको कारण पनि जीबीएस भेटिएको बताइएको छ।

त्यसमा भनिएको छ, “धेरै मानिसहरू यस समस्याबाट पूर्ण रूपमा निको हुन्छन्।”

विज्ञहरू के भन्छन्?

अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडिसी) ले हालै प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार खोप नलगाएकाहरूभन्दा खोप लगाएकाहरू कोरोनाभाइरस संक्रमणको जोखिम ६ गुणा कम हुन्छ । त्यस्तै मृत्यु हुने जोखिम ११ गुणा कम हुन्छ।

नेपाली जनस्वास्थ्य विज्ञहरू समेत खोपले हाम्रो शरीरमा कसरी काम गर्छ भन्ने जानकारीको अभावका कारण भ्रम सिर्जना भएको बताउँछन्। जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित भन्छन्, “खोपले हाम्रो प्रतिरोधी प्रणालीलाई झुक्याउने काम गर्छ। झुक्याएर साँच्चै रोग लाग्यो भन्ने अवस्था उत्पन्न गर्छ। भ्याक्सिनमा प्रयोग भएको रसायनहरू मानव शरीरलाई असर गर्ने खालको हुँदैन।”

अहिलेसम्म देखिएको गिलान-बारे सिन्ड्रोम र भीआइटिटीजस्ता असर नगण्य मात्रामा भएको विज्ञहरूको भनाइ छ। “१ लाखमा १-२ जनामा देखिनु नगण्य हो। त्यो कोभिड रोगले पनि हुनसक्छ र कोभिड खोपले पनि हुनसक्छ। साइड इफेक्ट्स छ तर धेरै न्यून छ,” डा दीक्षित भन्छन्।

अस्पतालमा भर्ना हुने मध्येका अधिकांशजसो कोभिड बिरामीहरू खोप नलगाएका मानिसहरू भएको चिकित्सकहरू बताउँछन्।

नेपालमा कस्तो अवस्था छ?

काठमाण्डौको टेकु अस्पतालका प्रमुख डा.अनुप बास्तोलाका अनुसार तीन चरणको परीक्षण पछि सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर मात्र खोप सर्वसाधारणलाई लगाइन्छ। कुनै कारणले खोप लगाएको मानिसको मृत्यु भयो भने त्यसलाई खोपकै कारणले मृत्यु भएको भन्न नमिल्ने उनको मत छ। “मृत्यु हुने अन्य कारण पनि हुनसक्छ। खोपलाई दोष दिइहाल्दा त्यसले मानिसहरूमा नकारात्मक सन्देश प्रवाह गर्न सक्छ,” डा बास्तोलाले भने।

“हामीले बुझ्नुपर्ने कुरा के पनि छ भने कहिलेकाहीँ खोपको प्रयोगको शैली समुचित तरिकाबाट भएको छैन भने पनि खोपले काम नगरेको हुनसक्छ। अथवा खोप लगाएर पनि मानिसको शरिर रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बनाउन नसकेको हुन सक्छ।” अस्पतालमा भर्ना हुने मध्ये खोप नलगाएकाको संख्या धेरै भएको उनको अनुभव छ। 

स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. सागर दाहालले अहिलेसम्म नेपालमा कोभिड खोपको असरको कारण मृत्यु भएको सरकारी रेकर्डमा नरहेको बताए। सरकारले त्यस्ता घटनाको निरीक्षण र विवरण राख्ने कमिटी गठन गरेको डा दाहाल बताउँछन्। नेपालमा खोप ऐन, २०७२ बमोजिम खोप लगाएपछि हुनसक्ने अनपेक्षित घटनाको तत्काल अनुसन्धान गर्न अनपेक्षित घटना अनुसन्धान समिति छ। त्यो समितिले जटिल अवस्थाको विवरण राख्ने र अनुसन्धान गर्ने गर्छ। 

साउथ एसिया चेकबाट

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्