• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

आमाबाट कोरोना भाइरस गर्भमा रहेको भ्रुणमा पास हुने सम्भावना निकै दुर्लभ : अध्ययन

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ६, २०७८  २०:१२
1140x725

काठमाडौं- कोरोना महामारी सुरु भएदेखि नै गर्भवती महिलाहरूमा यसले पार्ने असरबारे होसियारीसाथ ध्यान दिइएको छ।

कुनैपनि नयाँ संक्रामक रोग लागेमा गर्भवती महिला र उनमा भएको भ्रुणलाई असर गर्न सक्छ भन्ने विश्वासका कारण महिलालाई संक्रामक रोगबाट सुरक्षित राख्न खोप वा औषधीको प्रयोगबारे अध्ययन गरिएको र १८ महिनाको अनुसन्धानपछि डाक्टर तथा अनुसन्धानकर्ताहरूले यसको खतराबारे सान्दर्भिक व्याख्या गरेका छन्। 

कोरोना संक्रमण गराउने सार्स–कोभ–२ का कारण संक्रमित अधिकांश गर्भवती महिलामा जटिल समस्या भएको अनुभव नगरिएको अध्ययनले देखाएको छ। यद्यपि कोरोना भाइरसले हल्का वा कुनै लक्षण नदेखिने समस्या गर्भवती महिलामा भेटिएको निचोड अनुसन्धानले निकालेको छ। 

अध्ययनले अन्य व्यक्तिजस्तै केही गर्भवती महिलाले कोभिडको गम्भीर समस्या भने अनुभव गरेको पाइएको छ। आमाबाट यो भाइरस गर्भमा रहेको भ्रुणमा पास गर्ने सम्भावना पनि निकै दुर्लभ भेटिएको उक्त अध्ययनले देखाएको छ। 

तथापि, कोभिड भएका केही गर्भवती महिलाहरू भने कोभिडको संक्रमणपछि असाध्यै अस्वस्थ भएको पाइएको छ। यस्तो अवस्थामा उनीबाट जन्मने बच्चा अपाङ्ग हुने वा मृत जन्मिने खतरा बढ्छ। सामान्य अवस्थामा जस्तै मोटो वा अश्वेत वा एसियाली गर्भवती महिलाहरूलाई पनि गम्भीर कोभिड हुने सम्भावना बढी हुन्छ। 

यी खराब नतिजाहरू सायद सार्स–कोभ–२ ले प्लासेन्टामा पार्ने असरसित सम्बन्धित छन्। यो पाठेघरको भित्री संरचना हो, जसले आमाबाट भ्रुणमा अक्सिजन र पोषक तत्वहरू पु¥याउँछ र अर्को दिशामा फोहोर उत्पादन हटाउँछ। तर, प्लासेन्टामा हुने असरले महिला कति अस्वस्थ बन्ने भन्ने निर्धारण भने गर्दैन। त्यसैले सबै गर्भवती महिलालाई संक्रमण हुनबाट जोगाउनु महत्वपूर्ण मानिन्छ। 

सन् २०२१ को जुलाईपछि बेलायतमा हरेक पाँच कोभिड सङ्क्रमित विरामी, जो गम्भीर विरामी भएपछि भेन्टिलेटरको सहयतासमेत लिनुप¥यो, मध्ये एक विरामी गर्भवती रहेको भेटिएको छ।  

यसको अर्थ, यस अवधिमा १६ देखि ४९ वर्षका (प्रजनन उमेरका) गहन उपचारमा लागेका एक तिहाइ महिलाहरू गर्भवती थिए। यी महिलाहरूलाई खोप लगाइएन, जसले गर्दा तिनीहरूले यति धेरै गम्भीर घटनाहरू ब्यहोर्नुपरेको अनुसन्धानले बताएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यी महिला बेलायतमा खोप कार्यक्रम सुरु हुँदा धेरैजसो गर्भवती भइसकेका थिए र खोप लिएका थिएनन्, किनकि त्यसो गर्ने कुनै स्पष्ट सिफारिस गरिएको थिएन। 

अहिलेसम्म, चिकित्सकीय तवरमा असुरक्षित गर्भवती महिलाहरूलाई मात्र कोभिड खोप लगाउने सुझाव दिइयो तथापि, हालै त्यो सल्लाहमा परिवर्तन आयो। गर्भावस्थाको बेला कोभिडको खतरा अझ स्पष्ट हुँदै गएकोले, गर्भवती महिलाहरूलाई गम्भीर कोभिडप्रति बढी खोप लगाउने र गर्भावस्थाको लागि हानिकारक खोप हुने कुनै संकेत नभएकोले सरकार र रोयल कलेज अफ प्रसूति विशेषज्ञ तथा स्त्रीरोग विशेषज्ञहरूले अहिले सबै गर्भवती महिलाहरूलाई कोभिडको लागि खोप लगाउन सल्लाह दिइरहेका छन्।

साधारणतया, कोभिड खोप लगाएको व्यक्तिलाई सार्स–कोभ–२ भाइरस संक्रमण हुने सम्भावना कम रहेको र संक्रमण हुँदासमेत गम्भीर कोभिड विकास हुनदेखि अत्यन्तै सुरक्षित रहेको पाइएको छ  सर्भेक्षणले देखाएको छ। 

अमेरिका र बेलायतमा गरिएको अनुसन्धनात्मक अध्ययनले देखाएअनुसार मोडर्ना र फाइजरद्वारा विकसित एमआरएनए कोभिड खोपहरू पनि गर्भावस्थामा प्रभावकारी देखिए। यसमा कुनै सुरक्षाको चिन्ता रहँदैन बरू गर्भावस्थामा खोप लगाउँदा सार्स–कोभ–२ को संक्रमणको जोखिम कम हुन्छ। क्यानाडाको ओन्टारियोमा गरिएको अर्को एक अनुसन्धनात्मक तथ्यांकले देखाएअनुसार कोभिड खोपले गर्दा गर्भ तुहुने खतरा बढी भएको कुनै प्रमाण नपाइएको भेटिएको छ। 

Xtrem

Xtrem

उनीहरूले गर्भवती महिलाहरूमा हुने खोपका दुष्प्रभावहरूबारे पनि तोकेरै अनुसन्धान गरेका छन्। अध्ययनहरूले देखाएअनुसार खोप पछि छालाको सतहमा रातोपना देखिने, ज्वरो र गम्भीर थकानको दर गर्भवती तथा गैर–गर्भवती महिलाहरूमा तुलना गर्न सकिन्छ र वास्तवमा गर्भवती महिलाहरूमा मांसपेशी दुख्ने, जोर्नीको कडापन र टाउको दुख्ने समस्या कम हुन्छ। 

यी दुष्प्रभावहरूको दर गर्भावस्थाको तीन महिनापछिको समयमा खोप लगाएका महिलाहरूमा कम भेटिएको बताइएको छ। सार्स–कोभ–२ संक्रमणबाट खोप नलगाएका आमा र बच्चाको जोखिम कुनै पनि सम्भावित खोपको असरको जोखिमभन्दा निकै बढी हुन्छ। कसै–कसैले खोपले बच्चालाई दीर्घकालीन असर गर्छ भन्ने कुरा हामीलाई थाह छैन भन्ने तर्क गरे तापनि खोकी र इन्फ्लुएन्जाको लागि दिइने अन्य खोपहरू नियमित रूपमा गर्भवती महिलालाई दिइन्छ। यसबाट पनि हामी आत्मविश्वासका साथ केही तार्किक धारणाहरू बनाउन सक्छौं। 

एमआरएनए कोभिड खोप जस्तै यी खोपहरूले प्लेसेन्टा पार गर्दैनन्, जसले बच्चामा प्रभाब पर्ने खतरालाई कम गर्छ। गर्भावस्थामा नियमित रूपमा दिइने यी अन्य खोपहरूले बच्चालाई कुनै प्रतिकूल असर नपार्ने भएकोले कोभिड खोपले पनि असर गर्छ भन्ने सुझाव दिने कुनै कारण छैन। 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्