काठमाडौं– विश्व फुटबलको कुम्भ मेला २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता बिहीबार रसियामा सुरु भएको छ। रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा २१ औं संस्करणको विश्वकप फुटबल विधिवत रुपमा सुरु भएको हो।
उद्घाटन समारोहमा ब्रिटेनका गायक रोबी विलियम्स र रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले आफ्नो प्रस्तुती दिएका थिए। ब्राजिलका लागि २ पटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि दुई सेलिब्रिटीसँग देखिएका थिए।
समारोहपछि रसिया र साउदी अरेबियाबीचको उद्घाटन खेल सुरु भएको छ।
६ क्षेत्रमा भएका छनोट प्रतियोगिताबाट छानिएका उत्कृष्ट ३२ टिमबीच विश्वकपमा प्रतिस्पर्धा हुँदैछ। ३२ स्थानका लागि कुल २ सय ९ टिमले सहभागिता जनाएका थिए। जहाँ ८ सय ६८ खेलमा २४ सय ५४ गोल भएर थिए, जसले ३२ टिमको भाग्यको फैसाला भएको थियो।
अब यी ३२ टिमबीच २१ संस्करणको उपाधिका लागि एक महिना प्रतिस्पर्धा चल्नेछ। ८ समूहका रहेका ४–४ टिमबीच समूह चरणमा प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट छानिएका २–२ टिम अन्तिम १६ मा पुग्नेछन्। त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी कुल ६४ खेल हुनेछ र एक विजेता छानिनेछ।
उद्घाटन समारोहका तस्बिरहरु :











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।