काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमणको प्रभाव सन् २०२२ सम्म रहन सक्ने बताएको दाबी गरेको छ।
गरिब तथा निम्न आय भएका राष्ट्रहरुले कोरोनाविरुद्धको खोप नपाउँदा संक्रमण नियन्त्रणको समय बढेको डब्लूएचओले बताएको हो।
‘हामी संक्रमण नियन्त्रणको गतिमा छैनौं यसलाई नियन्त्रण गर्न कोरोनाविरुद्धको खोप दिने कार्यलाई तिब्रता दिनुपर्छ,’डब्लूएचओका डा ब्रुस एलवार्डले भने,‘यो महामारी समयभन्दा बढी १ वर्षका लागि लम्बिने देखिएको छ।’
उनका अनुसार अन्य देशहरुले ४० प्रतिशत खोप लगाइसक्दा अफ्रिकामा कूल ५ प्रतिशत नागरिकले मात्र कोरोनाविरुद्ध खोप लगाएका छन्।
एलवार्डले धनी राष्ट्रहरुलाई गरिब राष्ट्रहरुलाई सकेसम्म छिटो कोरोनाविरुद्धको खोप दिन आग्रहसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।