समूह बी
मोरक्को भर्सेस इरान
समय – असार १, राति ८:४५
२०१८ फिफा विश्वकपको समूह 'बी' को पहिलो खेलमा अफ्रिकन टिम मोरक्को र एसियन महराथी इरानबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सवर्गमा राति पौने ९ बजे हुनेछ। दुवै टिम एकअर्का विरुद्ध पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्।
मोरक्कोले २० वर्षपछि विश्वकपमा पाइला टेक्दै छ। दुई दशकपछि विश्वकपमा फर्कदा मोरक्कोले पहिलो खेलमा इरानमाथि जित निकाल्ने अभियानमा छ।
छनोटमा उत्कृष्ट खेलेको इरान विश्वकपमा पनि आफ्नो फर्मलाई निरन्तरता दिन चाहान्छ। प्रशिक्षक कार्लो क्युइरोज पछिल्लो ७ वर्षदेखि इरानी टिममा छन्। त्यसलै उनी आफ्नो करिअरको अन्त्यमा इरानलाई नयाँ उचाइ दिन चाहान्छन्।
इरानको टिममा सइड इजाटोहाली उपलब्ध हुनेछैनन्। यस्तै मेहदी टारेमी र अस्खान डजागेह पनि चोटग्रस्त छन्। मोरक्कोले भने घाइते भएका नविल डिरार टिममा फर्कने अपेक्षा गरेको छ।
इरान पाँचौ पटक विश्वकप खेल्दछन्। तर अहिलेसम्म समूह चरणमा नै उसको यात्रा सकिएको छ। अब इरान खराब इतिहास मोटाउन चाहन्छ। तर, मोरक्कोपछि इरानले स्पेन र पोर्चुगल जस्ता बलिया टिममको समना गर्नु पर्ने हुँदा यसपटक पनि इरानलाई दोस्रो चरण पुग्न कठिन छ।
दुई दकशपछि विश्वकपमा फर्किएको मोरक्कोका लागि पनि इरान विरुद्धको खेल महत्वपूर्ण छ। यो खेलमा अंक बटुल्न सके पोर्चुगल र स्पेन मध्ये एक टिमविरुद्ध अंक खोस्दा उसको दोस्रो चरणमा पुग्ने सम्भावना हुनेछ।
मोरक्को पछिल्लो १८ खेलमा अपराजित छ। उसले पछिल्ला खेलमा सर्विया, नाइजेरिया, कोरिया र इजिप्ट जस्ता टिमसँग खेलेको थियो। २०१८ विश्वकप खेल्ने मध्ये धेरै खेलमा अपराजित रहने टिम स्पेन (२० खेल) र बेल्जियम (१९ खेल) हुन्।
सम्भावित टिम
इरान
गोलकिपर – अलि बेइरान्भाड
डिफेन्डर – मिलाद मोहममादी, मोर्टेजा पोउलारिगान्जी, रुज्बेह चेस्मी, पेज्मान मोन्टाजेरी
मिडफिल्डर – मासाउद शोजेइ, इशान हाजी साफी, ओमिड अब्राहिमी
फरवार्ड– भाहिद अमिरी, सरदार अज्मोउन, अलिरेजा जाहान्बोख्स
मोरक्को
गोलकिपर – मोनिर इल काजोउइ
डिफेन्डर – हाम्जा मन्डेल, रोमाइन साइस, मेहदी बनाइटा, अर्चाफ हाकिमी
मिडफिल्डर – हाकिम जिएच, एमबार्क बोसासोउफा, योनेस बेल्हान्डा, करिम इल अहमादी, नौरेडिन अमराबात
फरवार्ड– खालिब बाउटाइव
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।