• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के अब ‘लङ कोभिड’ नामक नयाँ महामारीको सामना गर्नुपर्ने हो?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १, २०७८  १८:३५
1140x725

करिब डेढ वर्ष कोरोना महामारीसँग जुधेपछि गएको अगस्ट र सेप्टेम्बर महिना विश्वकै लागि राहतको समय भयो। यी दुई महिना कोरोना संक्रमण र मृत्युको तथ्यांक मात्र कम भएन कि विश्वको कुनै कुनाबाट कुनै नयाँ भेरिएन्ट पत्ता लागेको खबरसमेत आएन।

यही बेला बेलायत र अमेरिकाजस्ता देशका बासिन्दालाई मास्कबाट छुटकारा मिल्यो। अन्य देशको जनजीवन पनि क्रमशः सामान्यतर्फ जाँदैछ। यो खुसीको कुरा हो। तर, यस्तो बेला कुनै खराब खबर छ भने त्यो पनि कोरोना महामारीसम्बन्धी नै हुनसक्छ।

सायद हामी छिटै एउटा नयाँ प्रकारको महामारीको सामना गर्न गइरहेका छौँ। वैज्ञानिकहरुले यो संभावित महामारीलाई ‘पोष्ट कोभिड–१९ कन्डिसन’, ‘एक्युट कोभिड–१९’ वा ‘लङ कोभिड’ नाम दिइरहेका छन्।

महामारी विशेषज्ञले यस्तो महामारीबारे विगत एक वर्षदेखि आशंका गरिरहेका थिए। तर, अहिलेसम्म यसको कुनै लक्षण वा उपचारसँग जोडिएको ठोस उपलब्धि हासिल गर्न सकिरहेका छैनन्। विश्वभरिका जनतालाई राहत दिने एउटै तथ्य के हो भने, ‘पोष्ट कोभिड–१९’ संक्रामक छैन। यसको जोखिममा त्यो व्यक्ति मात्र छ, जो पहिला कोभिड संक्रमित बनेको छ।

के हो लङ कोभिड?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार छिटोछिटो श्वासप्रश्वास हुनु, मानसिक र शारीरिक थकान हुनु लङ कोभिडका लक्षण हुन्। त्यसबाहेक छाती दुख्ने, बोल्न गाह्रो हुने, डिप्रेसन, चिन्ता, ज्वरो, टाउको दुख्ने, तीव्र गतिमा कपाल झर्ने जस्ता लक्षण पनि देखिन्छन्।

वैज्ञानिकहरुका अनुसार कोरोना संक्रमण पूर्णरुपमा ठीक हुन १४ दिन लाग्छ। कसैलाई १४ दिनपछि पनि लक्षणहरु रहिरह्यो भने त्यसलाई गम्भीर मानिन्छ। कसैलाई चार हप्तासम्म संक्रमण देखिए त्यसलाई ‘एक्युट कोभिड–१९’ भनिन्छ। त्यस्तै १२ हप्तासम्म लक्षण देखिए ‘अनगोइङ सिम्प्टोम्याटिक कोभिड–१९’ र १२ हप्ताभन्दा बढी लक्षण देखिइरहे लङ कोभिड भनिन्छ।

विशेषज्ञहरुका अनुसार लङ कोभिडका बिरामीमा माथि उल्लेख गरिएका लक्षण तीन महिनादेखि एक वर्षसम्मै देखिन सक्छ। तर, महामारी सुरु भएको बल्ल डेढ वर्ष पुगेको हुनाले वैज्ञानिकले यसबारे स्पष्ट रुपमा बताउन सकेका छैनन्। लङ कोभिडको अहिलेसम्म कुनै औषधि वा उपचार पद्दति छैन। केही तथ्य र अनुभवका आधारमा भन्न सकिन्छ कि खोप लगाएका व्यक्तिमा कोरोना संक्रमणपछि लङ कोभिड हुने संभावना कम छ।

कोरोना भाइरसले मुटु र मस्तिष्कका कोषहरुलाई क्षति पुर्‍याउँछ। यस्तो क्षतिबाट मानसिक थकान र कमजोरी हुन्छ। स्वाद र गन्धको ज्ञान हुँदैन। मुटुसँग जोडिएका रक्तनली थुनिने जोखिम भएकाले ‘हर्ट अट्याक’ पनि हुनसक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कोरानाका बिरामी निको भएपछि पनि भाइरसको केही अंश शरीरमा रहिरहने बताइएको छ। ती भाइरस केही समयसम्म निस्क्रिय हुन्छन्। त्यसपछि नयाँ तरिकाले शरीरलाई प्रभावित गर्न थाल्छन् र अन्य भाइरसहरुको संक्रमणजस्तै व्यवहार देखाउँछन्। बिस्तारै यसले जटिलता निम्त्याउँछ। यी अनुभव र तथ्यका आधारमा बाहिर आएका जानकारी हुन्। वैज्ञानिकहरुले अहिलेसम्म लङ कोभिडबारे ठोस धारणा भने ल्याउन सकेका छैनन्।

किन चिन्ता गर्नु जरुरी छ?
लङ कोभिडबारे केही महिनाअघि मात्र चर्चा हुन सुरु भएको हो। यसबारे भएको अनुसन्धानले संकेत गरेको छ कि कोरोना संक्रमण भएका १० देखि ३० प्रतिशतलाई लङ कोभिड भएको छ। खासगरी अस्पताल नै भर्ना गर्नु परेका गम्भीर संक्रमितलाई लङ कोभिडको जोखिम छ। केही अनुसन्धानले ज्येष्ठ नागरिकमा यसको समस्या बढी भएको देखिएको छ। त्यस्तै महिलालाई पनि लङ कोभिड हुने संभावना करिब दुई गुणा बढी भएको पाइएको छ। तर, यसको कारण पत्ता लागेको छैन।

बेलायतमा २० हजार संक्रमितमा गरिएको अनुसन्धानमा करिब २० प्रतिशतलाई लङ कोभिड भएको पाइएको छ। भारतमा थोरै संख्यामा लिइएको नमूनाबाट गरिएको अध्ययनमा करिब ३१ प्रतिशतलाई यो समस्या भएको पाइएको छ। संक्रमित स्वस्थ भएको तीन महिनापछि पनि लङ कोभिड भएका घटना पाइएका छन्।

लङ कोभिडसँग जोडिएको सबैभन्दा घातक तथ्य चाहिँ यसको असर शरीरका जुनसुकै अंगमा पनि देखिन सक्छ। यसबाट मस्तिष्क, फोक्सो वा मिर्गौलासम्म असर हुनसक्छ। मनौवैज्ञानिक समस्यासमेत देखिन सक्छ। लङ कोभिडसम्बन्धी चेतना फैलाउने काम गरिरहेको संसारकै ठूलो नागरिक संगठनले कोभिड–१९ लाई श्वाससम्बन्धी बिरामीको साटो अब ‘मल्टी–अर्गन डिजिज’ अर्थात बहु–अंगसम्बन्धी रोग भन्नुपर्नेमा जोड दिइरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त तथ्यलाई विभिन्न अध्ययनहरुले पनि पुष्टि गर्दै गएका छन्। हालै एउटा प्रतिष्ठित साइन्स जर्नलमा प्रकाशित अध्ययनमा मुटुको अनियमित चाल, टाउको दुखाइ, शरीरका नशा देखिनु, बेहास हुनुजस्ता लक्षण कोरोनाले मुटुमा पारेको असरको प्रमाण भएको जनाएको छ।

त्यसबाहेक कोरोना संक्रमणले पाचन प्रक्रियालाई पनि असर गर्ने अध्ययनहरुले देखाएका छन्। त्यसैगरी ‘पिट्युटरी ग्लान्ड’ (मष्तिस्कमा हुने ग्रन्थी)लाई पनि असर गर्ने बताइएको छ। शरीरको ‘मास्टर ग्लान्ड’ भनिने यो ग्रन्थीले हाम्रो सबै हर्मोन नियन्त्रण गर्छ। त्यसकारण यो मल्टी–अर्गन डिजिज भएको उक्त संस्थाको दाबी छ।

कसलाई कति खतरा छ?
लङ कोभिडसँग जोडिएको एक मात्र सकारात्मक कुरा भनेको बिरामीको शरीरमा कोरोना भाइरस ‘जीवित’ हुँदैन। यसकारण लङ कोभिड संक्रामक हुँदैन र उही एक जना बिरामी मात्र पीडित हुन्छ।

धेरै उमेरका व्यक्ति, महिला र कोरोना संक्रमणबाट गम्भीर बिरामी परेकालाई लङ कोभिडको लक्षण धेरै देखिएको छ। तर, यसको अर्थ यो होइन कि, युवा, पुरुष र हलुका लक्षण देखिएका संक्रमितमा लङ कोभिड हुँदैन। अमेरिकी स्वास्थ्य संस्था सीडीसीद्वारा जारी रिपोर्टका अनुसार सामान्य लक्षण देखिएका संक्रमित, जसको उपचार घरैमा भएको छ, उनीहरुमध्ये करिब एकतिहाईलाई दुईदेखि तीन महिनापछि पोष्ट कोभिडको सामान्य लक्षण देखिएको छ। तर, उनीहरुलाई गम्भीर भने नबनाएको पाइएको छ। त्यसकारण प्रत्येक संक्रमितले पोष्ट कोभिड भएको वा नभएको पत्ता पाउन हरेक तीन महिनामा स्वास्थ्य परीक्षण गर्न सल्लाह दिइएको छ।

बच्चालाई भने अहिलेसम्म कोरोना संक्रमण हुने खतरा कम भएको मानिएकाले उनीहरुमा लङ कोभिड हुने जोखिम पनि कम नै छ। तर, बितेको केही महिनामा भएको अध्ययनले देखाएअनुसार कोरोना संक्रमित भएका १२ देखि १५ प्रतिशत बच्चालाई पाँचदेखि १७ महिनापछि लङ कोभिड देखिएको छ। वयस्कलाई जस्तै उनीहरुलाई पनि थकान लाग्ने, टाउको दुख्ने, निद्रा नआउने र श्वास तथा मुटुको धड्कन अनियमित हुने हुन्छ। बच्चालाई यस्तो असर भएको धेरै कम मात्र फेला परेकाले वैज्ञानिकहरु ठोस निष्कर्षमा पुगिसकेका छैनन्।

-सत्याग्रहबाट भावानुवाद

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्