१. खुसी
अत्यन्त व्यस्त सहरको सडक जाममा फसिरहेको नगर बसभित्र छु। ट्याम्पू र कारबीचको कापबाट निस्कने अवसर पाएर एउटा साइकल सकुशल अगाडि लाग्यो। त्यस साइकलमा बसेकी छे खिरीली ज्यानकी एक नवजात तरुणी। त्यसको क्यारियरमा केही किताब, केही कापी छन्।बुझिन्छ ऊ सहरको कुनै कलेज पढ्न जाँदै छे। निकै चिन्तित हतारोमा साइकल चलाइरहेकी उसले जाममात्र पार गरिन, ट्याम्पो, बस, कार, ट्रकभित्रबाट उसको शरीर घुरिरहेका थुप्रै कुत्सित आँखाहरु पनि सकुशल पार गरी। म मनमनै खुसी भएँ। यो खुसी त्यही उमेरकी मेरी छोरीसंग जोडिएको छ, उसले पनि दैनिक यसरी नै आफ्नो सहरको जाम झेल्नु पर्छ।
२. कठपुतली कक्ष
सरकार कुर्सीबाट खस्ने स्थितिमा छ। त्यसकारण टिक्ने जुक्ति लिएर ऊ राष्ट्रपति निवास आइपुगेको छ। ऊ त्यसको कठपुतली कक्षमा बसेर निर्देशन दिँदै छ ।
३. सम्पन्न कानहरू
ऊ अचेत अवस्थामा थियो। उसलाई अस्पताल ल्याइइँदा उसको अवस्था यस्तै थियो। अस्पताल ल्याएपछि पनि ऊ यस्तै भैरहेको थियो। उसको जाँच पड्तालपछि डाक्टरहरूले घोषणा गरे- ‘नो होप।’
यो सुनेपछि उसका छोराहरूले उसको उपचारको लागि रकम सापट मागिरहेका आफन्तका सम्पन्न कानहरू हर्षले हल्लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।