काठमाडौं- चितवन टाइगर्सका स्पिनर सागर ढकाल एभरेस्ट प्रिमियर लिग (ईपीएल) को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्।
चितवनलाई उपाधि दिलाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सागरले सर्वोत्कृष्ट खेलाडी अवार्ड पाएका हुन्।
चितवनलाई उपाधि जिताउन सागरले ७ खेलमा २६ ओभर बलिङ गद गर्दै कूल १४७ रन खर्चेर १४ विकेट लिएका थिए।
सागरले पल्सर एनएस २०० सीसी मोटरसाइकल प्राप्त गरे।
चितवनकै ब्याट्सम्यान भीम सार्की 'इमर्जिङ प्लेयर' चुनिएका छन्। चितवनकै कमलसिंह ऐरीले 'डेर टु ड्रिम अवार्ड' पाएका छन्।
भीम र कमलले ५१/५१ हजार रुपैयाँ प्राप्त गरे।
चितवनलाई उपाधि जिताउन कमलले ७ खेलमा १२ विकेट लिएका थिए । उनले ७ खेलमा २४.४ ओभर बलिङ गर्दै १५४ रन खर्चेका थिए।
भीम सार्की प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बने। उनले ७ खेलमा छ इनिङमा ब्याटिङ गर्दै कूल १९६ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।