• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

च्याम्पियन चितवन : एभरेष्ट प्रिमियर लिगको उपाधि चितवन टाइगर्सलाई

64x64
नेपाल लाइभ शनिबार, असोज २३, २०७८  १५:४३
1140x725

काठमाडौं- चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले पहिलोपटक उपाधि जितेको हो। पोखराले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले ६ विकेट गुमाउँदै ११४ रन बनायो। 

चितवनका लागि भीम सार्कीले सर्वाधिक ६३ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै, दीलिप नाथले १७ बलमा २ चौकासहित १८ रन बनाए।

सामान्य लक्ष्य पाएपनि आक्रमक खेल प्रस्तुत गर्न खोज्दा चितवनका सुरुवाति क्रमका तीन खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

चितवनका ओपनर हसिम अन्सारी नन्दन यादवको पहिलो ओभरको दोस्रो बलमा शून्य रनमा क्याच आउट भए। यादवले फ्याँकेको बललाई प्रहार गर्न खोज्दा पोखराका कप्तान विनोद भण्डारीले सहजै समाए।

यस्तै, किशोर महतोको बलमा अफगानिस्तानका ब्याट्सम्यान करिम जन्नत शून्य रनमै क्याच आउट भए। दोस्रो ओभरको तेस्रो बलमा उनले लामो शट खेल्ने प्रयास गरेपनि रिचर्ड लेवीको हातबाट क्याच आउट भए।

चितवनका ओपनर मोहम्मद शेहजाद १४ बलमा २ चौका प्रहार गर्दै ११ रनमा क्याच आउट भए। तेस्रो ओभरको अन्तिम बलमा किशोर महतोले फ्याँकेको बललाई प्रहार गर्न खोज्दा शेहजाद विपिन रावलको हातबाट सहजै क्याच आउट भएका थिए।

त्यसपछि कृजमा आएका दीलिप नाथ र भीम सार्कीले चितवनको इनिङ्स उकासेका थिए। उनीहरुबीच ५४ रनको साझेदारी भएको थियो। ११औं ओभरको पहिलो बलमा किशोर महतोले लोकेश बमबाट आउट गराउनु अघि दीलिपले १७ बलमा दुई चौका प्रहार गर्दै १८ रन बनाए। 

nimb
nimb
Ncell 2
Ncell 2

दीलिप बाहिरिएसँगै भीमलाई साथ दिन आएका राजेश पुलामीले १२ बलमा १४ रन बनाए। एक चौका प्रहार गरेका उनी नन्दन यादवको बलमा बोल्ड भए।

पोखराका लागि किशोरले ३.५ ओभर बलिङ गर्दै २७ रन खर्चिएर ४ विकेट लिए। यता, नन्दन यादवले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर २ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्‌को निम्तो पाएको पोखरा राइनोजले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन बनायो। 

पोखराको लागि ओपनिङमा उत्रिएका दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेवी र विपिन रावलले मध्यम सुरुवात गरेका थिए। 

पहिलो विकेटका लागि उनीहरुबीच ३७ रनको साझेदारी भएको थियो। पहिलो ओभर निकै नै शान्त देखिएका लेवीले दोस्रो ओभरमा तीन चौका प्रहार गरे। 

१५ बल खेलेका लेवी ५ चौका प्रहार गर्दै २६ रन बनाएर क्याच आउट भए। 

उनी तेस्रो ओभरको तेस्रो बलमा करिम जन्नतले फ्याँकेको बलमा लामो शट खेल्ने क्रममा दीलिप नाथबाट क्याच आउट भए। 

लेवी आउट भएपछि पोखराका अन्य खेलाडीलाई दबाब परेको थियो।

चौथो ओभरको ५औं बलमा रित गौतम पनि क्याच आउट भए। उनले ७ बलमा २ रन मात्रै बनाए। उनलाई कमलसिंह ऐरीले हासिम अन्सारीको हातबाट क्याच गराए। 

यता, साहन अर्चाचिगे पनि दुई रनमा क्याच भए। उनी ५औं ओभरको अन्तिम बलमा सोमपाल कामीको बलमा साहब आलमको हातबाट क्याच भए। 

यस्तै, अर्का ओपनर विपिन रावललाई पोखराले ८औं ओभरको तेस्रो बलमा गुमायो। कृजमा जम्न संघर्ष गरिरहेका रावललाई सागर ढकालले साहब आलमको हातबाट क्याच गराएका थिए। 

उनले १५ बलमा एक छक्का र एक चौका प्रहार गर्दै १७ रन बनाए। 

यता, श्रीलंकका मध्यमक्रमका ब्याट्सम्यान असेला गुणरत्ने पनि लामो समय कृजमा टिक्न सकेनन्। 

२४ बलमा एक छक्का र ३ चौका प्रहार गरेका उनले ३४ रन मात्रै बनाउन सके। 

पोखराले १४औं ओभरको तेस्रो बलमा विवेक यादवलाई गुमायो। ५ बलमा एक चौकासहित ४ रन बनाएका विवेक लामो शट खेल्नेक्रममा कमलसिंह ‌कमलसिंह ऐरीले फ्याँकेको बललाई लङअपमा रहेका सोमपाल कामीले सहजै समाए।

कमलसिंह ऐरीकै ५औं बल खेल्न आएका लोकेश बम शून्य रनमा दीलिप नाथको हातबाट क्याच आउट भए। 

१५औं ओभरको अन्तिम बलमा बिक्रम शोव पनि एक रनमै समेटिए। सीकुगे प्रसन्नाले फ्याँकेको बललाई डिफेन्स गर्न खोज्दा उनी बोल्ड भएका थिए। 

खेलको अन्तिमतिर पोखराको इनिङ्स सम्हाल्न आएका नन्दन यादव १६औं ओभरको चौथौ बलमा करिम जन्नतले फ्याँकेको बलमा एल्बिडब्यू आउट भए।

१७औं ओभरको अन्तिम बलमा कमलले फ्याँकेको बललाई पोखराका कप्तान विनोद भण्डारीले लामो शट प्रहार गरेका थिए। उक्त बल भीम सार्कीले समाए। विनोदले २६ बलमा दुई चौकासहित २२ रन बनाए। 

चितवनका ६ बलरको बलिङ, कमलको ४ विकेट
उपाधि हात पार्ने लक्ष्यका साथ मैदान उत्रिएका चितवनका कप्तान सोमपाल कामीले बलिङमा ६ जनालाई उतारेका थिए। 

तर, कमलबाहेक अन्य बलर किफायति देखिएनन्। ३.५ ओभर बलिङ गरेका कमलले २० रन खर्चिएर ४ विकेट लिए।

यता, प्रसन्न र जन्नतले २/२ विकेट लिए।  ३ ओभर बलिङ गरेका प्रसन्नले १३ रन खर्चिए। यता, जन्नतले १५ रन खर्चिए। 

सागर ढकाल र सोमपालले १/१ विकेट लिए भने आलम विकेटविहीन भए। 

पाँच खेलमा तीनमा जित र एकमा हारसहित सात अंकका साथ दोस्रो स्थानमा रहँदै पोखराले क्वालिफायर खेलेको थियो। क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको थियो।

पोखरा चितवनसँग लिग र पहिलो क्वालिफायर दुवैमा पराजित भएको थियो। पहिलो क्वालिफायर चितवनले पोखरालाई नौ विकेटले पराजित गरेको थियो भने लिगमा पनि चितवनले पोखरालाई नौ विकेटले नै पराजित गरेको थियो।

यता, लिगमा पाँच खेलमा जित र एकमा हारसहित शीर्षस्थानमा रहँदै चितवनले क्वालिफायर खेलेको थियो।

उपाधिसँगै चितवनले ५० लाख हात पारेको छ। यता, पोखराले १५ लाखमा चित्त बुझायो।

यसअघि पहिलो संस्करणको उपाधि २०१६ मा पन्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराउँदै जितेको थियो। 

२०१७ मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ रनले पराजित गर्दै उपाधि हात पारेको थियो भने २०१८ को फाइनलमा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १४ रनले पराजित गरेको थियो।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन
यस्तो छ नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ
सम्बन्धित सामग्री
करण केसीलाई क्यानले गर्‍यो प्रतिबन्ध र जरिवाना केसीलाई कारबाहीस्वरुप एक खेलमा प्रतिबन्ध लगाउने र खेलको फि पनि नदिने निर्णय भएको हो । आइतबार, चैत २९, २०८२
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका नेपाल नेपाल क्रिकेट संघ (क्यान)ले एक बिहीबार विज्ञप्ति जारी गर्दै खेलतालिका सार्वजनिक गरेको हाे । बिहीबार, चैत २६, २०८२
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने मध्यपूर्वमा उत्पन्न संकटका कारण गत मार्च १० देखि हुने शृङ्खला स्थगन गरिएको थियो । मंगलबार, चैत २४, २०८२
ताजा समाचारसबै
पेट्रोलियम बिक्रीमा १५ दिनमा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी घाटा भएको आयल निगमको दाबी सोमबार, चैत ३०, २०८२
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन सोमबार, चैत ३०, २०८२
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन सोमबार, चैत ३०, २०८२
यस्तो छ नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ सोमबार, चैत ३०, २०८२
परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्