• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्ट कमजोर हुँदै गएको हो?

कमला गुरुङ शनिबार, असोज २३, २०७८  ०९:२२
1140x725

काठमाडौं- गत वैशाख २८ गते नेपालमा एकै दिन ९ हजार ४८३ जना कोरोना संक्रमित भेटिए। २२५ जनाको मृत्यु भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमध्ये यो नै दोस्रो लहरमा देखिएको सबैभन्दा उच्च अंक थियो।

स्वास्थ्य मन्त्रालयले चैत २ गतेदेखि यताको अवस्थालाई कोरोनाको दोस्रो लहर मानेको छ। चैतदेखि बढ्न थालेको संक्रमितको संख्या वैशाखमा ह्वात्तै बढेको थियो।

उक्त अवधिमा जटिल खालका संक्रमितले देशका विभिन्न अस्पतालका आइसीयू र भेन्टिलेटर भरिए। सहज रुपमा आइसीयू र भेन्टिलेटर पाउने अवस्था थिएन। अक्सिजन समेत अभाव भएको थियो। अधिकांश संक्रमितलाई गम्भीर बनाउनुमा कोरोनाको डेल्टा भेरियन्ट जिम्मेवार रहेको स्वास्थ्य मन्त्रालयले बताएको थियो।

डेल्टा भेरियन्ट एकदमै संक्रामक भएकाले तिव्र गतिमा फैलियो। निकै संक्रामक रुप लिएको कोरोनाको डेल्टा भेरिन्टले नेपालमा पनि थुप्रै मानिसहरु संक्रमित भए। जसका कारण सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि पुनः निषेधाज्ञा नै लागू गर्नुपर्‍यो।

तर हाल नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ।

शुक्रबार मात्र ७६४ जनामा कोरोना संक्रमित भेटिए। कुल १० हजार ६८८ जनाको परीक्षण हुँदा ७६४ जनामा संक्रमण पुष्टि भयो। सोही अवधिमा १० जना संक्रमितले ज्यान गुमाए।

यसअघि बिहीबार १० हजार ६७२ जनाको परीक्षण हुँदा ८०५ जनामा संक्रमण पुष्टि  भएको थियो। ८ जनाले ज्यान गुमाएका थिए।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या भदौको अन्तिमबाट विस्तारै घट्न सुरु गरेको देखिन्छ। यद्यपि असोज १५ गतेसम्म संक्रमितको संख्या एक हजार माथि र १५ सय तल आसपास घुमेको देखिन्छ। त्यसपछि भने कोरोना संक्रमितको संख्या एक हजार तल झरेको मन्त्रालयको तथ्यांक छ।  

Ncell 2
Ncell 2
nimb
nimb

वैशाख र जेठमा धेरैलाई संक्रमित बनाएको र गम्भीर अवस्थामा पुर्याएको डेल्टा भेरियन्ट नै अहिले संक्रमित भएका लगभग सबैजसोमा देखिएको छ। भाइरसको भेरियन्ट एउटै भएपनि संक्रमण दर कम हुँदै गएका कारण धेरैले नेपालमा डेल्टा भेरियन्ट कमजोर हुँदै गएको अनुमान लगाइरहेका छन्।

के साँच्चै नेपालमा डेल्टा भेरियन्ट कमजोर हुँदै गएको हो त?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेल भन्छन्, ‘डेल्टा भेरियन्ट कमजोर नै भएको भनिहाल्ने बेला भएको छैन।’

निकै संक्रामक रुपमा प्रस्तुत भएको डेल्टा भेरिन्टले एक व्यक्तिबाट ५ देखि ७ जना व्यक्तिलाई कोरोना सार्न सक्ने डा पौडेलले बताए। सोही कारण पनि डेल्टा भेरियन्ट छिटो फैलिएको उनले बताए। उनका अनुसार असोजको सुरुमा १० प्रतिशत हाराहारीमा रहेको कोरोना संक्रमण दर हाल १० प्रतिशतभन्दा कम भएको छ।

भाइरसको कमजोर भएको होइन भने किन संक्रमण कम भयो त?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डा पौडेलका अनुसार हाल कतिपयको शरीरमा खोप लगाएर र प्राकृतिक रुपमा एन्टीबडी बनेकाले कोरोना संक्रमण दर केही घटेको हो। नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन सरकारले गरेको सेरो प्रिभिलेन्स अध्ययनमा ६८ प्रतिशत व्यक्तिमा कोरोना भाइरस विरुद्धको एन्टीबडीको विकास भएको पाइएको थियो।

नेपालमा नयाँ भेरियन्ट नआएसम्म कोरोना संक्रमणले भयावह स्थिति लिने संभावना भने केही कम रहेको उनले बताए।

‘यदी नयाँ भेरियन्ट आएन भने र खोप तथा प्राकृतिक रुपमा शरीरमा बनेको एन्टीबडीले केही महिना त काम गर्छ। त्यसैले अहिले तत्काल ह्वात्तै बढ्दै नजानुपर्ने हो’ उनले भने।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोला पनि हाल कोरोना संक्रमण दर घटेको बताउँछन्। व्यक्तिहरुमा भाइरस विरुद्धको एन्टीबडी विकास भएकाले पनि संक्रमितहरुको संख्या घटेको हुन सक्ने उनले बताए।

उनले भने, ‘समुदायमा पनि रोग प्रतिरोधात्मक शक्ति बनिसकेको तथ्यांकमा पनि आएको छ। त्यो हिसाबले पनि संक्रमितहरुको संख्या घटेको हो।’

हाल कोरोना संक्रमितको संख्या मात्र होइन, परीक्षणको दर पनि घटेको देखिन्छ। भदौ र असोज महिनामा कुल कति परीक्षण भए र कतिमा संक्रमण देखियो? यसलाई हामीले तथ्यांकमा उतारेका छौँ।

भदौ महिनाको तथ्यांक
भदौ १ – परीक्षण १७६८९, संक्रमित ३२७४, मृत्यु २७
भदौ २ – परीक्षण १६८३८, संक्रमित ३४०३, मृत्यु ४२
भदौ ३ – परीक्षण १६४३८, संक्रमित ३०७५, मृत्यु ३३
भदौ ४ – परीक्षण १७६५४, संक्रमित ३०४२, मृत्यु २६
भदौ ५ – परीक्षण १३०७५, संक्रमित २०७५, मृत्यु ३०
भदौ ६ – परीक्षण १२५१६, संक्रमित १९२०, मृत्यु २४
भदौ ७ – परीक्षण ११३२६, संक्रमित १८०१, मृत्यु २४
भदौ ८ – परीक्षण १४८१०, संक्रमित २५२५, मृत्यु ३५
भदौ ९ – परीक्षण १५२९०, संक्रमित २४८२, मृत्यु ४४
भदौ १० – परीक्षण १४३७४, संक्रमित २४३३, मृत्यु २६
भदौ ११ – परीक्षण १३११७, संक्रमित २०६५, मृत्यु २५
भदौ १२ – परीक्षण १३१७६, संक्रमित १८५७, मृत्यु २७
भदौ १३ – परीक्षण १०२९७, संक्रमित १३८८, मृत्यु २४
भदौ १४ – परीक्षण १६२३३, संक्रमित २२९५, मृत्यु १६
भदौ १५ – परीक्षण १२२२२, संक्रमित १६६४, मृत्यु २०
भदौ १६ – परीक्षण १४९३५, संक्रमित २०५२, मृत्यु २०
भदौ १७ – परीक्षण १४६५०, संक्रमित २००४, मृत्यु १६
भदौ १८ – परीक्षण १४३३४, संक्रमित १७५६, मृत्यु २३
भदौ १९ – परीक्षण ९८७५, संक्रमित १२६८, मृत्यु ९
भदौ २० – परीक्षण ७९७१, संक्रमित १०८९, मृत्यु २०
भदौ २१ – परीक्षण १५९७९, संक्रमित १८९७, मृत्यु २०
भदौ २२ – परीक्षण १५०३४, संक्रमित १६७७, मृत्यु २१
भदौ २३ – परीक्षण १३४५५, संक्रमित १६४०, मृत्यु १०
भदौ २४ – परीक्षण ११९४४, संक्रमित १२७१, मृत्यु १४
भदौ २५ – परीक्षण १०९१६, संक्रमित ११४६, मृत्यु २१
भदौ २६ – परीक्षण ९८४०, संक्रमित ९९४, मृत्यु १२
भदौ २७ – परीक्षण ११०१८, संक्रमित ९११, मृत्यु १३
भदौ २८ – परीक्षण १६५३९, संक्रमित १४८६, मृत्यु १६
भदौ २९ – परीक्षण १४४४३, संक्रमित १५६२, मृत्यु १९
भदौ ३० – परीक्षण १६८४४, संक्रमित १७६०, मृत्यु ७
भदौ ३१ – परीक्षण १५१७९, संक्रमित १५११, मृत्यु ११

असोज महिनाको हालसम्म तथ्यांक
असोज १ – परीक्षण १२३८५, संक्रमित १५५८, मृत्यु १०
असोज २ – परीक्षण ११३८५, संक्रमित १०६६, मृत्यु १६
असोज ३ – परीक्षण १००१३, संक्रमित ७३४, मृत्यु १२
असोज ४ – परीक्षण १३८१७, संक्रमित १०९५, मृत्यु ८
असोज ५ – परीक्षण १३६२२, संक्रमित १३३०, मृत्यु ५
असोज ६ – परीक्षण १३९३०, संक्रमित १४७८, मृत्यु ६
असोज ७ – परीक्षण १५२४३, संक्रमित १२३९, मृत्यु १३
असोज ८ – परीक्षण १५६९०, संक्रमित १४७६, मृत्यु ९
असोज ९ – परीक्षण १०५७९, संक्रमित ९५३, मृत्यु ६
असोज १० – परीक्षण १३७३६, संक्रमित ८३४, मृत्यु ९
असोज ११ – परीक्षण १५४८८, संक्रमित १२८२, मृत्यु ७
असोज १२ – परीक्षण १४००३, संक्रमित ११५८, मृत्यु १२
असोज १३ – परीक्षण १४५४१, संक्रमित ११५७, मृत्यु ८
असोज १४ – परीक्षण ११७६५, संक्रमित १०७८, मृत्यु १२
असोज १५ – परीक्षण १३३६८, संक्रमित १०६६, मृत्यु १३
असोज १६ – परीक्षण ८२१९, संक्रमित ८६७, मृत्यु ९
असोज १७ – परीक्षण १०९२०, संक्रमित ६७९, मृत्यु ७
असोज १८ – परीक्षण १०८७४, संक्रमित १०३०, मृत्यु १०
असोज १९ – परीक्षण १६०४२, संक्रमित ९६८, मृत्यु ६
असोज २० – परीक्षण १५४६५, संक्रमित १०४३, मृत्यु १२
असोज २१ – परीक्षण १०६७२, संक्रमित ८०५, मृत्यु ८
असोज २२ – परीक्षण १०६८८, संक्रमित ७६४, मृत्यु १०
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

चाडपर्वले जोखिम बढाउने चिन्ता
नजिकिदो चाडपर्वले कोरोनाको जोखिम बढाउने विज्ञहरुको चिन्ता छ। मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम कोरोनाबाट बच्ने र बचाउने मुख्य उपाय हुन्। तर यही जनस्वास्थ्यका मापदण्ड चाडपर्वमा लागू नहुने संभावना धेरै देखिन्छ।

नयाँ भेरियन्टको उत्पत्ति जुनै पनि बेला हुन सक्ने भएकाले सचेत रहन डा पौडेलको आग्रह छ। कोरोना संक्रमितको संख्या केही घटेपनि जोखिम उस्तै रहेको उनले बताए।

‘नयाँ भेरियन्ट कुनै बेला कतै उत्पत्ति हुन सक्छ।’ उनले भने, ‘त्यो नयाँ भेरियन्ट हाम्रो देशभित्र पनि हुन सक्छ। दसैँ मान्न आउने कोही आफन्तबाट पनि आउन सक्छ। कोरोनाको जोखिमलाई कम आकलन गर्न मिल्दैन।’

नेपालमा हालसम्म ३७ प्रतिशत अर्थात् ८० लाख ४१ हजार जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। पूर्ण मात्राको खोप लगाउनेको संख्या मात्र २९ दशमलव ६ प्रतिशत अर्थात् ६४ लाख ४१ हजार ६३२ छ।

अझै पनि धेरै व्यक्ति र १८ वर्ष मुनिका बालबालिकाले कोरोनाको खोप लगाउन बाँकी छ। त्यसैले कोरोना संक्रमणको जोखिमलाई कम आकलन नगर्न उनको आग्रह छ।

‘नयाँ भेरियन्ट आउने जोखिम छ। शत प्रतिशत खोप लगाउन सकिएको छैन। १८ वर्ष मुनिका बालबालिकालाई खोप दिन सकिएको छैन। त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्छ’ उनले भने।

डा अनुप बास्तोलाका अनुसार शुक्रराज अस्पतालमा कोरोना भएर भर्ना हुनेमा अधिकांशजसो खोप नलगाउने व्यक्तिहरु नै बढी छन्। खोप नलगाएका, खोप लगाएर पनि रोग प्रतिरोधात्मक क्षमता नबनेका व्यक्तिहरु कोरोनाको उच्च जोखिममा रहेको उनले बताए। सबै व्यक्तिलाई खोपले काम गर्छ भन्ने पनि नहुने उनले बताए।

संक्रमितको संख्या घट्दो क्रममा रहेपनि जोखिम कम भइनसकेको बताउँदै उनले भने, रोग प्रतिरोधात्मक शक्ति नबनेका, खोप नलगाएका र खोप लगाएरपनि रोग प्रतिरोधात्मक शक्ति नबनेका, पहिले संक्रमित नभएका व्यक्तिहरु जोखिममा छन्।

दसैँ मनाउँदा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनको आग्रह छ। कोरोना संक्रमितको संख्या केही घटेपनि जोखिम कायमै रहेकाले मास्क लगाउने, हात सफा गर्ने र सामाजिक दूरी कायम गरेर मात्र दसैँ मनाउन उनको सुझाव छ।

‘कोरोनाको संक्रमणबाट परिवारको जोगाउन सबैको जिम्मेवारी हुन्छ। त्यसको लागि जनस्वास्थ्यका मापदण्ड पालना अनिवार्य छ। परिवारका ज्येष्ठ नागरिक, बालबालिकाहरु सबैभन्दा बढी जोखिममा हुन्छन्। त्यसैले धेरै भीडभाड नगरी मापदण्ड पालना गरेर मात्र दसैँ मनाउन मेरो आग्रह छ’ उनले भने।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्