काठमाडौं- गण्डकी प्रदेशमा ९२ जनामा कोरोना संक्रमण थपिएका छन्।
पछिल्लो २४ घण्टामा ५९३ जनामा गरिएको नमूना परीक्षणमा ९२ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये ४७ महिला ४५ पुरुष रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए।
उनका अनुसार कास्की ६७, स्याङ्जा ६, म्याग्दी १,पर्वत ३ तनहुँ १४ र नवलपरासी पूर्वमा १ जनामा संक्रमण देखिएको छ। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ८६ हजार २७३ पुगेको छ।
त्यसैगरी, गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २६ पुगेको छ।
यस्तै, गण्डकीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३७३ पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १०८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ८७४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।