काठमाडौं- गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा २९४ जना कोरोना संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी २०७ जना रहेका छन्। यसैगरी, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर भने ८०५ जना संक्रमित थपिएका छन्। सोही अवधिमा ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ७३ हजार १४० जना पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ।
नेपालमा हाल १५ हजार ९४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।