काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८०५ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ७ हजार २६४ जनाको पीसीआर र ३ हजार ४०८ जनाको एन्टिजेन गरि १० हजार ६७२ जनाको कोरोना परीक्षण गरिएको थियो।
सोही अवधिमा ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ७३ हजार १४० जना पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ।
नेपालमा हाल १५ हजार ९४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।