काठमाडौं– बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बीच पनि यहाँ कोरोनाबाट हुने संक्रमणमा दैनिक कमी नआएको बताएका छन्।
सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप एकै दिन थप ३९ हजार ८५१ जनामा संक्रमण भएको छ। बेलायतमा हालसम्म संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १४३ जनाको मृत्यु भएको छ।
बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्ति एकै दिन मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३७ हजार भन्दा बढीको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।