काठमाडौं- पछिल्लो २४ घण्टामा थप ८९१ जना कोरोना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका उनीहरु संक्रमणमुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भइ निको हुनेको सङ्ख्या सात लाख ७२ हजार २२९ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप एक हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित रहेका छन्।
उक्त अवधिमा कोरोना संक्रमणका कारण नेपालमा १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।