काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ४३ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६५ जनाको पीसीआर र चार हजार ३ सय जनाको एन्टिजेन गरि १५ हजार चार सय ६५ जनाको कोरोना परीक्षण गर्दा १ हजार ४३ जना संक्रमित फेला परेका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १६० पुगेको छ।
नेपालमा हाल १६ हजार १९४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।