काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०२ जना कोरोना संक्रमित थपिएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना गरि ३०२ जना संक्रमित थपिएका हुन्।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ७४७ पुगेको मन्त्रालयले जनाएको छ।
आज देशभर ९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १६ हजार ४२ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ।
मन्त्रालयका अनुसार देशभर १५ हजार ११७ जना होम आइसोलेसनमा, एकहजार १३१ जना संस्थागत आइसोलेसनमा, ३३५ जना आईसीयू तथा १२२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।