काठमाडौं– नेपालमा थप ६७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको आरटी पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार ६७९ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी १० हजार ९२० जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
७ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा ५७४ जना र ३ हजार ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ।
सोही अवधिमा १ हजार ४०५ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा १६ हजार ८०४ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।