काठमाडौं– नेपालमा थप ८६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शनिबार ८६७ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी ८ हजार २१९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
५ हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा ६५९ जना र २ हजार ६२१ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ।
सोही अवधिमा १ हजार १२३ जना संक्रमित कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।