काठमाडौं- काठमाडौं उपत्यकामा ७३ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रायले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत अर्थात् १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा ७३ प्रतिशत अर्थात् १५ लाख ६२ हजार ७३४ जनाले खोप लगाएका हुन्।
मन्त्रालयका अनुसार उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसंख्या छन्।
काठमाडौं जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत अर्थात् ११ लाख ७७ हजार ०६० र पूर्ण मात्रा ७४ प्रतिशत अर्थात् ११ लाख १२ हजार ८९३ जनसंख्याले खोप लगाइसकेका छन्। काठमाडौंमा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेका थिए।
यस्तै, भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत अर्थात् १ लाख ५५ हजार ३२६ र पूर्ण मात्रा ७५ प्रतिशत अर्थात् १ लाख ८४ हजार ७८७ जनसंख्याले खोप लगाइसकेका छन्।
भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना लक्षित खोप लगाउनेमा रहेका छन्। ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत अर्थात् २ लाख ९० हजार ०५५ र पूर्ण मात्रा ६९ प्रतिशत अर्थात् २ लाख ६५ हजार ०५४ जनाले खोप लगाइसकेका छन्।
ललितपुरमा तीन लाख ८२ हजार ८६० जना लक्षित खोप लगाउने जनसंख्या रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।