काठमाडौं– नेपालमा थप १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा बुधबार १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा पीसीआर र एन्टिजिन विधबाट गरी १४ हाजर ५४१ जनाको नमूना परीक्षण गरिएको थियो।
१० हजार ६५२ जनाको पीसीआर परीक्षण गर्दा ८९२ र ३ हजार ८८९ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।