काठमाडौं- पछिल्लो २४ घण्टामा थप एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको १२ हजार ८१ जनाको पीसीआर र तीन हजार ४०७ जनाको एन्टिजेन गरी १५ हजार ४८८ जनामा गरिएको परीक्षणका क्रममा एक हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।