• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किशोर–किशोरीहरू आफ्ना अभिभावकलाई किन लिन्छन् 'एलर्जी' का रुपमा?

64x64
नेपाल लाइभ मंगलबार, जेठ २९, २०७५  ००:५०
1140x725

उमेर बढेसँगै मानिसको मनोभाव एकै रहँदैन। चरणबद्ध रूपमा मानिसको स्वभाव तथा आयामहरूमा भिन्नता आउनु स्वाभाविक हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार १३ देखि १९ वर्षसम्मको उमेरलाई किशोरावस्थाको रूपमा लिइन्छ। सामान्यतया यही उमेरका बीचमा नै हरेक व्यक्तिले आफूले आफूलाई फरक महसुस गर्न थाल्छ। यही समयदेखि नै मानसिक, सामाजिक, आर्थिक तथा अन्य क्षेत्रहरूमा पनि मानिसको सोच र व्यवहारमा फरकपन देखिन थाल्दछ।

किशोरावस्थामा देखिने यस्ता विविध फरकपनमा आफ्ना अभिभावकहरूप्रति हेर्ने दृष्टिकोण तथा गरिने व्यवहारमा आउने परिवर्तन पनि एक हो। यो समयमा कतिपयको आफ्नो बुवाआमाको व्यवहार, लक्ष्य तथा विचारधारामा नै फरक मत रहन सक्छ। कतिपयले यसलाई समान्य रूपमा लिन पनि सक्ने मनोचिकित्सकहरू बताउँछन्। तर, उनीहरू यो विषयमा भने एक ठाउँमा उभिएको पाइन्छ कि कतिपय किशोर–किशोरीहरू आफ्ना बुवाआमालाई ‘एलर्जी’का रूपमा हेर्छन्।

सामान्यतया यस किसिमको एलर्जीको सुरुवात १३ वर्षको उमेरमा सुरु हुने अनुसन्धानबाट खुलेको छ। तर यो स्वभाव केही क्षण, दिन, महिना वा कतिपय अवस्थामा केही वर्षसम्म पनि रहन सक्ने बताइएको छ।उमेर बढ्दै जाँदा आफ्ना बुवाआमाबाट छुट्टिएर बस्नसमेत रुचाउने धेरै हुन्छन्। सामान्यतया यो अवस्था किशोरावस्थाको सुरुवाती उमेरबाटै हुने र उनीहरू घरबाट टाढा रहन कुनै आकस्मिक र शक्तिशाली कारण खोजिरहेका हुन्छन्। तर किशोर–किशोरीको लागि आफ्ना अभिभावकबाट टाढा भएर बस्नु चानचुने कुरा भने होइन, जसले लामो समय छोराछारीकै उज्ज्वल भविष्य निर्माणमा खर्चिएका छन् ।

जुनबेला किशोर–किशोरीहरू आफ्ना अभिभावकबाट विमुख हुँदै जान्छन्, उनीहरूले अनिवार्य रूपमा बुवाआमाका हरेक व्यवहार तथा भेदभावलाई दुई श्रेणीमा राखेर हेर्छन्। एक, जुन कुरा बुवाआमाले अस्वीकार गर्छन् र अर्को, जुन कुरा बुवाआमाले स्वीकार गर्ने चाहना देखाउँछन्।

आफ्नो व्यक्तित्व स्थापित गर्ने हकमा उनीहरूका लागि यस्ता श्रेणीले असर देखाउन थाल्दछ र दुर्भाग्यवश परिवारको शान्ति खलबलिन्छ।

मानौं तपाईं दिनदिनै एथलेटिक जुत्ताबाहेक अरू लगाउने सोच बनाउनुहुन्न, तर किशोरावस्थामा रहेको तपाईंको सन्तानले त्यसलाई नस्वीकार्न सक्छ। त्यसपछि छोटो समयको लागि भए पनि दुवैको सोचप्रति एक–अर्कामा घृणा जागेर आउँछ। सँगसँगै तपाईंमा प्रश्न उब्जिन सक्छ, मेरो खुट्टामा लगाउने चिजलाई लिएर उसलाई केको सरोकार?

उनीहरूमा तपाईंप्रति घृणा जाग्नुको कारण उसको पहिचान तपाईंसँग कुनै न कुनै रूपमा जोडिएको हुन्छ, जबसम्म उनीहरूले आफ्नो अलग्गै पहिचान स्थापित गर्न सक्दैनन्। तपाईंका यस्ता व्यवहारले उनीहरूको आफ्नो शैलीमाथि नै गम्भीर असर पुर्‍याएको उनीहरू सम्झिछन्।

Ncell 2
Ncell 2
nimb
nimb

यो अवस्थामा तपाईंलाई लाग्न सक्छ कि किशोर–किशोरीहरू उनीहरूका साझा इच्छा तथा सवालहरूमा भने आफ्ना बुवाआमासँग रुष्ट हुनेछैनन्।यसको एक मात्र कारण उनीहरूको चाहना बुवाआमासँग परिपूरक रहनु हो।र, त्यो चाहना पूर्तिका लागि बुवाआमाको भूमिका अनिवार्य हुन्छ।

बुवाआमाले आफूलाई आफ्नै समयानुकूल हुने तरिका र संस्कारका आधारमा मात्रै सोच्दछन्। तर, आफ्ना सन्तानका ठाउँमा बसेर भने कहिल्यै सोच्दैनन्। भलै उनीहरू पनि सोही अवस्थाबाट गुज्रिएको किन नहोस्।

जब हामी उनीहरूको समय पार भइदियोस् भनेर सोचिरहेका हुन्छौं, तब किशोर–किशोरीहरू भने परिवर्तित सूचकहरूको कसरी सम्पादन गर्ने भन्नेमा नै अनभिज्ञ हुन्छन्।त्यस्तो अवस्थामा उनीहरूसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा हामीमा जानकारी हुँदैन ।

सुरुवातमा हामी यसलाई सामान्य विकासको सूचकको रूपमा मात्र हेर्न सक्छौं। जब हाम्रा सन्तानहरू युवा हुँदासम्म हामीबाट सबै अवस्थामा प्रशंसा र आनन्द महसुस नगर्न सक्छन् भन्ने बुझ्छौं, त्यतिबेला बल्ल हामी आफ्नो पनि किशोरावस्था याद गर्न पुग्छौं। तर, त्यतिबेला आपसी सम्बन्धलाई एलर्जीको रूपमा हेर्ने अर्को अध्याय नै सुरु भइसकेको हुन सक्छ।

Xtrem

Xtrem

त्यहाँबाट हामीले या त उनीहरूको उत्पीडनको उपेक्षा गर्न सक्छौं या त उनीहरूलाई आश्वस्त पार्न नै। त्यसैले यो उनीहरूको बढ्ने उमेर हो र यसलाई सकारात्मक तवरबाट अगाडि बढाउनुपर्छ।आवश्यक परेको खण्डमा हामीले केही बुँदामा उनीहरूलाई अवगत गराउन सक्छौं कि उनीहरूले चाहेजस्तै तर सकारात्मक सम्पादन तथा दिशाबोध गर्ने हो भने यो अवस्था बित्न धेरै लामो समय लाग्दैन।

किशोरावस्थामा आफै आउने चेतनालाई हामीले उनीहरूसँग सम्बन्ध विस्तारको एक अवसरको रूपमा सदुपयोग गर्नुपर्छ।यदि कुनै सन्तान बुवासँग असन्तुष्ट छन् भने आमाले ऊसँग जोडिएका घटनाहरूमा साथीको भूमिकामा रहनुपर्दछ। जसले किशोरावस्थामा तीव्ररूपमा विकास हुने अतिसंवेदनशीलतालाई सही मोड दिन सघाउ पुर्‍याउँछ।

कुनै समयमा यदि एक चिजको सट्टा अर्को चिजको प्रयोग गर्दा केही अन्तर आउँछ भने आफ्ना किशोरावस्थाका सन्तानको तनाव कम गर्न तपाईं यस्तो कदम किन चाल्न सक्नुहुन्न भन्ने प्रश्न अहम् भएर आउँछ।

त्यसकारण तपाईंका सन्तान तपाईंहरूबाट सजिलै टाढा हुने निर्णयमा पुग्न सक्लान्, तर सायदै तपाईं आफ्ना सन्तानबाट टाढा हुने सोच्न सक्नुहुन्छ। यहाँसम्म कि तपाईंसँगको व्यक्तिगत एकतामा आफ्ना सन्तानको विछोडलाई तपाईं बेवास्ता गर्नुहुन्छ भने यसले अझै समस्या निम्त्याउँछ। बरु यसमा अन्य रुचि तथा सहयोगी सम्बन्धहरूले थप बल दिन सक्छन्।

किशोरावस्थामा आफूहरूप्रति लगातार अनादर प्रकट भइरह्यो भने पनि किशोर–किशोरीहरूले एलर्जीको रूपमा बुझ्ने सम्भावना बढेर जान्छ तर त्यो समयमा यदि तपाईंले सामान्य उपायको सहारा मात्रै लिनुभयो भने पनि यसलाई मत्थर पार्न सघाउ पुग्छ। यसका लागि तपाईंले आफ्नो स्वभावलाई मित्रवत् र विनम्र बनाउनु नै अचूक उपाय सावित हुन सक्छ।

यदि यस्तो अवस्थालाई एक समस्याको रूपमा समाधानको बाटोतर्फ लाग्यौं भने यसले निवारणको सट्टा दर्दनाक अवस्था ल्याउन सक्ने खतरा पैदा हुन सक्छ।तर भावनात्मक तवरबाट हाम्रा कदमहरू चालिएको अवस्थामा भने किशोर–किशोरीहरू पुनः हाम्रै समूहमा फर्किन समय लगाउँदैनन्।

यदि किशोर–किशोरीलाई आफ्नो योग्यता, चाहना र स्वादलाई स्थापित गर्न समय र स्थान मिल्ने हो भने आफ्ना अभिभावकप्रति बढ्दो बहिस्कारको भावना क्रमशः हट्दै जान्छ।यसका अलावा मानसिक विकास समेत यसको अर्को हिस्सा बन्दछ। जतिजति उमेर बढ्दै जान्छ, किशोर–किशोरीमा मानसिक क्षमता विकास हुनाले उनीहरूमा आफ्ना बुवाआमाको इच्छा तथा उनीहरूलाई के चिज गलत लाग्छ भन्ने भावना मस्तिष्कमा पैदा हुन्छ। जसले उनीहरूलाई आफू के बन्न लागेको हो भन्नेतर्फ समेत सोच्न बाध्य बनाउँछ।

अब उनीहरू हामीभित्र यस्ता चिजहरूलाई खोज्न सक्छन्, जो यसअघि उनीहरूले हामीमा प्राप्त गर्न असमर्थ हुन्थे।यस्तो अवस्थामा उनीहरूमा हामी हरेक विषयमा आफ्नो छुट्टै विचार पाउन सक्छौं। सँगसँगै उनीहरूले आफ्ना हितमा हुने विषयवस्तुहरू हामीमाझ बाँड्न पनि सक्ने भइसकेका हुन्छन्।

यस्तो अवस्थामा किशोर–किशोरीहरूमा आफ्ना बुवाआमाप्रति बढेको एलर्जी बिस्तारै घट्न सक्छ।जसले तपाईं हरेक कदममा आफ्ना छोराछारीकोे साथ र सम्मान दुवै पाउनुहुनेछ।

भावानुवाद : विमर्श कँडेल

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  ००:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्