काठमाडौं- पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ५८९ जनाको पीसीआर र पाँच हजार १४७ जनाको एन्टिजेन गरी १३ हजार ७३६ जनामा गरिएको परीक्षणका क्रममा ८३४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार हाल देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा ९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।