• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025 ५ : ०८ : १८
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
विश्वकप २०१८ : समूह 'जी'मा बेल्जियम र इंग्ल्यान्डको लक्ष्य दोस्रो चरण
64x64
नेपाल लाइभ सोमबार, जेठ २८, २०७५  १३:२४
1140x725

विश्वकप २०१८ समूह जी – बेल्जियम, पानामा, ट्युनिसिया, इंग्ल्यान्ड।

समूह 'जी' मा रहेको बेल्जियमको वर्तमान टिमलाई स्वर्णिम पुस्ता मानिएको छ। टिममा विश्वस्तरिय खेलाडीको जमघट छ। पछिल्लो समय बेल्जियम छनोट तथा मैत्रीपूर्ण खेलमा उत्कृष्ट खेलिरहेको पनि छ। तर बेल्जियम मुख्य प्रतियोगितामा भने चुक्दै आएको छ। स्वर्णिम पुस्ताको बेल्जियम टिमलाई यसपटको विश्वकपमा उत्कृष्ट खेल्नु पर्ने दबाब छ। 

समूहमा बेल्जियम र इंग्ल्यान्डबीच हुने खेललाई महत्वपूर्ण मानिएको छ। दुई टिमबीच २८ जुनमा कलिनिङग्रेडमा प्रतिस्पर्धा हुनेछ। पछिल्लो समय इंग्ल्यान्डले पनि उत्कृष्ट खेल पस्किदै आएकाले खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। दुवैलाई उपाधि जित्ने टिममा नराखिएपनि दुई टिमको खेलाडीको स्तर समान छ। किनकी बेल्जियमको राष्ट्रिय टिममा रहेका अधिकांस खेलाडी इंग्लिस प्रिमियर लिग खेल्छन्। त्यसैले दुवै टिमका खेलाडी एकअर्कासँग जानकार छन्। 

पानामा पहिलो पटक विश्वकपमा छानिएको टिम हो। उसले पहिलो विश्वकपमा राम्रो छाप छोड्न युरोपियन टिमलाई टक्कर दिन सम्पूर्ण शक्ति खर्च गर्नेछ। यता ट्युनिसिया भने संकटमा परेको छ। उसका मुख्य स्ट्राइकर घाइते भएका कारण समूहका बलिया टिमसँग प्रतिस्पर्धा गर्न कठिन हुनेछ। 

के तपाईलाई थाहा छ?
पानामा विश्वकपमा पहिलो पटक छनोट भएको टिम हो। उत्तर अमेरिका छनोटमा सन् २००६ मा ट्रिनिडाड एन्ड टोबाटो छानिएपछि विश्वकपमा छानिए पानामा नयाँ टिम हो।

सन् १९९८ को विश्वकपमा इंग्ल्यान्ड र ट्युनिसियाबीच प्रतिस्पर्धा भएको थियो। खेलमा इंग्ल्यान्डले २–० को जित हात पारेको थियो।  

ट्युनिसियाले विश्वकपमा १२ खेल खेल्दा अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। सन् १९७८ मा ट्युनिसियाले मेक्सिकोलाई हराएको थियो। त्यसयता उसले विश्वकपमा जित हात पारेको छैन। 

इंग्ल्यान्ड र बेल्जियमबीच अहिलेसम्म २१ पटक भिडन्त भएको छ।  २१ मध्ये इंग्ल्यान्डले १ खेल मात्र हारेको छ। विश्वकपमा भने दुई टिमबीच दुई पटक प्रतिस्पर्धा भएको छ।  सन् १९५४ मा खेल ४–४ गोलको बराबरीमा सकिएको थियो। १९९० मा भने इंग्ल्यान्डले बेल्जियमलाई हराएको थियो। 

Ncell 2
Ncell 2

समूह 'जी'का चार टिमको विश्वकप इतिहास 

बेल्जियम 

बेल्जियम युरोप छनोटको समूह ‘एच’को  विजेता बनेर १३औं पटक विश्व कपमा सहभागी भएको हो। यसपालिको विश्व कपमा युरोपबाट छनोट हुने बेल्जियम पहिलो देश हो। बेल्जियम सन् १९३० मा भएको विश्व कपको पहिलो संस्करणमा पनि सहभागी थियो। यसपछि बेल्जियमले १९३४, १९३८, १९५४, १९७०, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२ र २०१४ को विश्वकप खेल्यो। बेल्जियमको विश्व कपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन भनेको १९८६ मा चौथो हुनु हो।
 

इंग्ल्यान्ड

shivam cement

shivam cement

इंग्ल्यान्ड १५औं पटक विश्व कपमा सहभागी हुँदैछ। फुटबलको जननी मानिने यो देश युरोप छनोट अन्तर्गत  समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै छनोट भएको हो। इंग्ल्यान्डले १९८२ देखि लगातार विश्व कप खेलिरहेको छ। १९५० मा पहिलो पटक विश्व कप खेलेको इंग्ल्यान्डले १९५४, १९५८, १९६२, १९६६ र १९७० मा प्रतिस्पर्धा गरेको थियो। यसपछि उसले १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा पनि विश्व कप खेलिसकेको छ। इंग्ल्यान्ड १९६६ को विश्व विजेता पनि हो।

पानामा 

पानामाले उत्तर अमेरिकी छनोटमा तेस्रो हुँदै पहिलो पटक विश्व कपको यात्रा तय गरेको हो। पानामाले अन्तिम खेलमा कोस्टारिकालाई २–१ ले पराजित गरेपछि अमेरिका भने ३० वर्षपछि विश्व कप खेल्नबाट वञ्चित भयो। विश्वकपमा पहिलो पटक छनोट भएको भोलिपल्ट पानामा सरकारले सार्वजनिक विदाको घोषणा गरेको थियो।

ट्युनिसिया 

ट्युनिसियाले पनि पाँचौ पटक विश्व कपमा स्थान बनाएको हो। अफ्रिकी छनोटको समूह ‘ए’ को शीर्ष स्थान हात पारेपछि ट्युनिसियाले २००६ पछि विश्व कपको टिकट पक्का पर्यो। ट्युनिसियाले विश्व कपमा खासै प्रभाव जमाउन सकेको छैन। सन् १९७८ मा पहिलो पटक विश्व कप खेलेको ट्युनिसिया १९९८, २००२ र २००६ मा समूह चरणबाटै घर फर्किएको थियो।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०७५  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चलचित्र ‘राजकुमारी’को निर्माण घोषणा
पाकिस्तानमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपालीले भने, ‘नेपाल सुरक्षित फर्कन चाहन्छौं’
भारत–पाकिस्तान तनावः भारतद्वारा ३२ विमानस्थलबाट नागरिक उडान बन्द
सम्बन्धित सामग्री
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ। शनिबार, वैशाख ६, २०८२
लेखक लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशित लेखक गणेशप्रसाद लाठले भने, ‘कसैले पढोस्, नपढोस्, छापोस्, नछापोस् तर लेखिरहन्छु म ।’ हावाहुरी र पानीको बीच पनि आएर हलमा खचाखच भरिएका... आइतबार, चैत ३१, २०८१
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा नेपाली साहित्यमा अनुपम मानिएको ‘मुनामदन’का रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा राष्ट्रसेवकका रुपमा ल्हासामा रहँदा स्थापना... शनिबार, चैत ३०, २०८१
ताजा समाचारसबै
चलचित्र ‘राजकुमारी’को निर्माण घोषणा शनिबार, वैशाख २७, २०८२
पाकिस्तानमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपालीले भने, ‘नेपाल सुरक्षित फर्कन चाहन्छौं’ शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तान तनावः भारतद्वारा ३२ विमानस्थलबाट नागरिक उडान बन्द शनिबार, वैशाख २७, २०८२
सुरक्षा जोखिमलाई लिएर पाकिस्तान सुपर लिग पनि स्थगित शनिबार, वैशाख २७, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

nepallivenews@gmail.com
nepallivemarketing@gmail.com

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

healthnewspaper@gmail.com
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्