काठमाडौं- गण्डकी प्रदेशमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९३१ जनाको नमुना परीक्षण गर्दा ११८ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये ६१ महिला र ५७ जना पुरुष रहेका छन्।
प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार कास्की ६४,बागलुङ १, स्याङ्जा ७,पर्वत १, गोरखा १२, लमजुङ २, तनहुँ १६ र नवलपरासी पूर्वमा ४ जनामा सङ्क्रमण देखिएको हो। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ८५ हजार ८२ पुगेको छ।
हालसम्म गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३५३ रहेको छ। प्रदेशमा शुक्रबार १४१ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हालसम्म प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ४६२ पुगेको छ। त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २२७ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।