काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार ५५० जना कोरोना संक्रमणमुक्त भएका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा थप १ हजार ५५० जना कोरोना संक्रमणमुक्त भएका हुन्।
यससँगै नेपालमा अहिलेसम्म ७ लाख ५८ हजार ५०४ जना कोरोना संक्रमणमुक्त भएका हुन्। मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलव ०३ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१५ हजार ६ सय ९० परीक्षणका क्रममा थप १ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा थप ९ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या११ हजार ८१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।