काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल नजिकिदै गर्दा नेपालमा पनि फुटबलप्रेमी उत्हासित बनिरहेका छन्। फुटबलप्रेमीले आफूलाई मन पर्ने टिमको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। कतिपयले समर्थन गरेको टिमको जर्सी किनिसकेका छन्।
नेपाली फुटबल टिमका उपकप्तान भरत खवास यसपटकको विश्वकपमा ब्राजिलको समर्थन गर्दैछन्। उनले ब्राजिललाई सन् १९९८ को विश्वकप देखि नै समर्थन गर्न थालेका हुन्। '१९९८ को विश्वकपदेखि ब्राजिलको समर्थन गर्न थालेको हुँ। त्यतिबेला ब्राजिल उपविजेता बनेको थियो। तर अलि सानै भएकाले सवै कुरा चै थाहा थिएन।' सन् २००२ को विश्वकपमा भरत ब्राजिलको कट्टर समर्थक भइसकेका थिए। उनले २००२ विश्वकप राम्रोसँग हेरे पनि।

यसपटकको विश्वकप ब्राजिलले जित्ने उनको विश्लेषण छ। ब्राजिलले जित्ने आधार दिदै उनी भन्छन्, 'ब्राजिलमा विश्वका स्टार खेलाडी छन्। अर्कोतर्फ ब्राजिलको विश्वकप इतिहास पनि राम्रो छ। ब्राजिलका युवा ताथ अन्य खेलाडी उर्जावान छन्। ब्राजिलको टिमवार्क पनि तारिफयोग्य छ। यी चार कारणले गर्दा ब्राजिल यसपटक च्याम्पियन बन्छ।'
विश्वकपमा ब्राजिललाई समर्थन गरेपनि उनको मनपर्ने खेलाडी भने उरुग्वेका फरवार्ड लुइस सुआरेज हुन्। 'सुआरेजले गोल गर्ने कला एकदमै गज्जबको छ। त्यहि भएर मलाई उनी औधी मनपर्छ,' भरतले भने।
ब्राजिलियन टिममा भने उनलाई नेइमार मन पर्छ। नेइमारले गोलका लागि गर्ने मिहिनेत राम्रो पक्ष भएको उनको भनाइ छ। भरतलाई रसिया विश्वकपमा ब्राजिल पछिको बलियो टिम फ्रान्स लागेको छ। 'फ्रान्सको टिम सन्तुलित छ। खेलाडी पनि विश्वस्तरिय छन्, ' भरत भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।