काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशको विभिन्न भागमा पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय २४ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५६ हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ।
कोरोना निको हुने दर ९६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५हजार२४३ परीक्षण गर्दा १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सोही अवधिमा १३ जनाको कोरोनाका कारण ज्यान गएको छ।
मन्त्रालयका अनुसार यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट ११ हजार ७२ जनाको ज्यान गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।