काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १ हजार ६ सय ३० जना कोरोना संक्रमणमुक्त भएका हुन्।
यससँगै नेपालमा ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार कोरोना निको हुने दर ९५ दशमलव ९ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार अहिले देशमा २१ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।