काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा थप १ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा ११ हजार ५९ जना पुगेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।