काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार ८३० जना संक्रमणमुक्त भएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा पछिल्लो २४ घण्टामा १ हजार ८३० जना संक्रमणमुक्त भएका हुन्।
मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ७ लाख ५४ हजार जनाले कोरोना संक्रमणलाई जितेका छन्।
कोरोना निको हुने दर ९५ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार ६२२ नमुनाको परीक्षण गर्दा थप १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।