काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १०९५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८१७ नमूना परीक्षण गर्दा १०९५ जनामा संक्रमण पुष्टि भएको हो।
१० हजार ७८७ जनाको पीसीआर र ३ हजार ३१ जनाको एन्टीजेन विधीबाट परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।