काठमाडौं- सुदूरपश्चिम प्रदेशमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ८१६ जनाको नमूना परीक्षण गर्दा चार जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
परीक्षणमा कञ्चनपुरमा दुई, कैलाली र दार्चुलामा एक/एक जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।
यस्तै, गएको २४ घण्टामा प्रदेशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यसअघि शनिबार सुदूरपश्चिमका ४६ जनामा संक्रमण पुष्टि हुँदा १९ जना संक्रमणमुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।