काठमाडौं- गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा २४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १८७ जना रहेका छन्। यसैगरी भक्तपुरमा ३२ र ललितपुरमा २२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन्।
उक्त अवधिमा कोरोना संक्रमणका कारण नेपालमा १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।