काठमाडौं- पछिल्लो २४ घण्टामा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ५४० जनाको पीसीआर र दुई हजार ८१८ जनाको एन्टिजेन गरी ११ हजार ३८५ जनामा गरिएको परीक्षणका क्रममा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।