काठमाडौं– काठमाडौं जिल्लामा कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो डोज असोज ४ गतेदेख लगाइने भएको छ।
पहिलो डोज भेरोसेल लगाएकाहरुलाई ४ गतेदेखि ३ दिनसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ।
खोप लगाउनका लागि काठमाडौं महानगरपालिकाका सबै वडामा गरी ३२ वटा खोप केन्द्र तोकिएको छ।
यस्तै, कीर्तिपुर नगरपालिकाका १०, चन्द्रागिरी नगरपालिकाका १५, नागार्जुन नगरपालिकाकाको १०, तारकेश्वर नगरपालिकाको ११ ठाउँमा खोप केन्द्र तोकिएको छ। दक्षिणकाली नगरपालिकाको ९, बुढानीलकण्ठ नगरपालिकाको १३, टोखा नगरपालिकाको ११, गोकर्णेश्वर नगरपालिकाको ९, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल बलम्बु, बीर अस्पताल रत्नपार्क, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा थप खोप केन्द्र तोकिएको छ।
दोस्रो डोज खोप लगाउनका लागि पहिलो डोज खोप लगाएको कार्ड देखाएर आफ्नो नजिकको खोप केन्द्रमा जान सकिने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।