फाइल तस्बिर
काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ। गएको २४ घण्टामा ११ जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको परीक्षणका क्रममा थप १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रलायका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी १५ हजार १७९ जनाको नमूना परीक्षण गरिएको थियो।
पीसीआर विधिबाट ११ हजार २०८ जनाको नमूना परीक्षण गर्दा १ हजार १६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै, ३ हजार ९७१ जनाको एन्टिजेन परीक्षण गर्दा ३४६ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा १ हजार ६८९ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।