काठमाडौं- गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ४३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी २९३ जना रहेका छन्। यसैगरी भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।