काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार २६६ जनाको पीसीआर र ४ हजार १ सय ७७ जनाको एन्टीजेन विधीबाट गरिएको परीक्षणका क्रममा १ हजार ५६२ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार यससँगै सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप १९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९८४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।