काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ६० कोरोना संक्रमणमुक्त भएका छन्।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा थप १२ सय ६० जना संक्रमणमुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४०७१७ पुगेको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९५.२ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२५३२ जनाको पीसीआर र ४००७ जनाको एन्टीजेन परीक्षण गर्दा थप १ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सोही अवधिमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण १० हजार ९ सय ६५ जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।