काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२५३२ जनाको पीसीआर र ४००७ जनाको एन्टीजेन परीक्षण गर्दा थप १ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सोही अवधिमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण १० हजार ९ सय ६५ जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।