काठमाडौं- गण्डकी प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको नमुना परीक्षण गर्दा ११० जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये ४३ महिला र ६७ जना पुरुष रहेको उनले जानकारी दिए।
उनका अनुसार कास्की ४५, म्यादी १८, गोरखा १३, स्याङ्जा ५, लमजुङ २, तनहुँमा ७ र नवलपुरमा २० जनामा संक्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ३०९ पुगेको छ।
गण्डकीमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३१ पुगेको छ।
गण्डकीमा पछिल्लो २४ घण्टामा २३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ८० हजार २७५ पुगेको छ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ७०३ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।