काठमाडौं- पछिल्लो २४ घन्टामा थप ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको छ हजार १३७ जनाको पीसीआर र तीन हजार ७०३ जनाको एन्टिजेन गरी नौ हजार ८४० जनामा गरिएको परीक्षणका क्रममा ९९४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार हाल देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।