काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा थप १ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका हुन्।
मन्त्रालयका अनुसार यससँगै अहिलेसम्म नेपालमा ७३६६६६ जना कोरोना संक्रमणमुक्त भएका हुन्। कोरोना निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ५ हजार ५४९ जनाको पीसीआर र २ हजार ३६७ जनाको एन्टीजेन गरि १० हजार ९१६ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २७९५८ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार देशका विभिन्न भागमा गरि कोरोना संक्रमणका बारण २१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।